काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा छलफल सुरु भएको छ ।
आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् ।
प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले भने वेलमा नाराबाजी गरिरहेका छन् । यस्तै आफ्नै पार्टीको विरोध छलेर एमाले सांसद भीम रावल एमसीसीमाथिको सैद्धान्तिक छलफलमा सहभागी भएका छन् ।
उनको पार्टी नेकपा एमालेले संसद् अवरोध गरेर विरोध प्रदर्शन गरिरहेको छ । रावललाई सभामुख अग्निप्रसाद सापकोटाले छलफलमा सहभागी हुन दिएका हुन् । यसअघिको बैठकमा एमालेले सांसद रावललाई समय दिएको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण समेत गराएको थियो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसीमा संसदले गर्ने व्याख्यात्मक घोषणालाई मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्वीकार गर्छ कि गर्दैन भन्ने प्रश्न गरेका छन् ।
मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे संसदमा सुरु भएको छलफलमा भाग लिँदै गुरुङले एमसीसीमा नेपालको सर्वभौम अधिकार खण्डित हुने प्रावधानहरू रहेको बताए ।
सुरुमा भएको सहमति विपरित संसदबाट अनुमोदन गर्नुपर्ने प्रवधान राख्दा समस्या आएको भन्दै उनले भने, एउटा परियोजनाका लागि मुलुकको सर्वभौम अधिकार नै खण्डित हुने, नेपालको सविधान नै निश्क्रिय हुने, एमसीसीका कानुनहरू लागू हुने प्रकारका प्रावधानहरू छन् ।’ हेर्नुहोस लाइभ
प्रतिक्रिया