• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    तनावका बीच नयाँ बानेश्वर पुगे देउवा, प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ

    1K
    SHARES


    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे भनिएपनि सुरु हुन ढिलाइ भएको छ। दिउँसो २ बज्दासम्म बैठक सुरु हुन नसकेको छैन ।

    दिउँसो २ बजे प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेका छन् । अन्य सांसदहरु पनि संसद भवन पुग्ने क्रम जारी छ । यही बीचमा पार्टीहरूको आन्तरिक बैठक चलिरहेको छ ।

    सत्ता गठबन्धनमा आजै एमसीसी व्याख्यात्मक विश्लेषणसहित पारित गर्ने सहमति भएको थियो । संसद बैठक बस्ने तयारी भइरहेका बेला बानेश्वरमा एमसीसी बिरोधी जनता प्रदर्शनमा उत्रिएका छन् ।

    सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए अनुसार सत्ता गठबन्धनका दलहरु एमसीसी अनुमोदनको व्याख्यात्मक प्रस्ताव लगायतका प्रक्रिया मिलाउन व्यस्त भएकाले आइतबारको बैठक निर्धारित समयमा हुन नपाएको हो ।

    ‘व्याख्यात्मक प्रस्ताव लगायतका केही प्रक्रिया बाँकी छन् । अहिले त्यसमा काम भइरहेको छ,’ कार्कीले भने । अहिले माओवादी संसदीय दलकाे बैठक संसद्‌ भवनमा बस्दै छ । नेकपा एसकाे स्थायी कमिटी संसद् भवन नजिकैको पार्टी प्यालेसमा बस्दै छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ