• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रचण्डले एमसीसी पास गर्ने निर्णय गरेपछि युवा नेताहरू फायर, को-को छन् बिरोधमा ?

    1.7K
    SHARES


    काठमाडौं । नेकपा माओवादी केन्द्रका ५ नेताले अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णयको विरोध गरेका छन् ।

    केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने प्रस्ताव ल्याएका थिए । छलफलका क्रममा नारायणकाजी श्रेष्ठ, देव गुरुङ, कृष्णबहादुर महरा, लिलामणि पोखरेल र गिरिराजमणि पोखरेलले मात्र त्यसको विरोध गरेका छन् ।

    श्रेष्ठले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्नु महाधिवेशनको निर्णय विपरीत हुने बताए । केन्द्रीय समितिमा पनि छलफल नगरी महाधिवेशनको निर्णय विपरीत जाने अधिकार कसैलाई नभएको भन्दै उनले भने, ‘यो संसदवादी, आत्मसुरक्षावादमा आधारित राष्ट्रिय आत्मसमर्पणवादी निर्णय हो ।’

    देव गुरुङले संशोधन नगरी मूल सम्झौता पास गर्न नमिल्ने बताए । उनले भनेका थिए, ‘यसले राष्ट्रिय आत्मसमपर्णवाद र गद्दारीको दिशातिर जान्छ । यसले देशलाई दुर्घटनाबाट बचाउने होइन, झन् दुर्घटनारतिर लैजान्छ ।’

    अर्का नेता कृष्णबहादुर महराले व्याख्यात्मक घोषणा संशोधन नभई सम्झौताकै व्याख्या भएको बताएका थिए । लिलामणि पोखरेलले यस्तो पार्टीमा नबस्ने बताए भने गिरीराजमणि पोखरेलले पार्टी र वाम आन्दोलनलाई सिध्याउने योजनामा सामेल हुनु गलत भएको बताएका छन् ।

    अरु नेताहरुले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनको पक्षमा सहमति दिएपछि त्यही निर्णय भएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ