• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    रुसको सामना गर्न युक्रेनले आफ्ना नागरिकलाई बाँड्यो हतियार, ८० बर्षे बृद्ध समेत सेनामा भर्ना

    1.9K
    SHARES


    काठमाडौं । रुसले युक्रेनमा रक्तपातपूर्ण आ’क्रमणलाई तेस्रो दिन पनि जारी राखेको छ । रुसी सेनाको सामना गर्न युक्रेनले आफ्ना नागरिकहरुलाई हतियार बाँडेको छ । युक्रेनी सेना पनि रुसी सेनासँग निरन्तर लड्दै देश जोगाउन प्रयासरत छन् ।

    रुसी सेनाको आ’क्रमणबाट हालसम्म युक्रेनमा २ सय जनाको मृत्यु भइसकेको र एक हजारभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    युक्रेन सरकारले रुसी सेनाको सामना गर्न सम्भव भएसम्मका सबै उपाय अपनाउन आह्वान गर्दै राजधानी किभवासीलाई हतियार उपलब्ध गराएको छ । युक्रेनमा सबै युवालाई सैनिक तालिम अनिवार्य छ ।

    रुसी सेना युक्रेनमा आ’क्रमण गरेको दोस्रो दिनमै राजधानी किभ नजिकै पुगेका थिए । अहिले राजधानी किभ नजिकका क्षेत्रमा भिषण संघर्ष जारी छ । राजधानी किभमा मेयरले कर्फ्यु जारी गरेका छन् ।

    रुसी सेनाले युक्रेनका दोनेत्स्क, लुहान्स्क, मरिउपोल, खार्किभसहित राजधानी किभ नजिकका अधिकांश क्षेत्र कब्जामा लिइसकेको बीबीसीले जनाएको छ ।

    रुसी सैनिक राजधानी किभ प्रवेश गरेसंगै युक्रेनका नागरिकहरु रुसी सेनाबिरुद्ध लड्न हतियारसहित सडकमा तैनाथ भएका छन्। रुससँग आत्मसमर्पण नगर्ने भन्दै एक युक्रेनी वृद्ध सैनिकमा भर्ना हुन लाइनमा उभिएका तस्वीर संसारभर भाइरल बनेको छ।

    सार्वजनिक तस्बिरमा आफ्नो देश जोगाउँन लड्न आएका वृद्धले एक झोला बोकेर आएका थिए, झोलामा २ वटा टी शर्ट, एउटा प्यान्ट, टूथब्रश र खाजाको लागि केही स्यान्डविच बोकेका छन्।

    उनले आफ्ना नातिनातिनाहरूको लागि युद्ध लड्नुपर्ने भनी दिएको सन्देशको सामाजिक सञ्जालमा निकै प्रशंसा गर्दै उनको देशभक्ति र बहादुरीको कदर गरिएको छ।

    रुसी आक्रमण रोक्न सरकारले सबै सर्बसाधरणलाई हतियार बाँडेपछि स्वयंसेवकका रुपमा अब नागरिक बन्दुक बोकर रुसी सैनिकबिरुद्ध सडकमा आएका हुन।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ