• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा, एकाबिहानै मौसमबारे यस्तो आयो जानकारी

    446
    SHARES


    काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव देशका केही स्थानमा परेको छ ।

    दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    त्यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थान तथा बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना छ ।

    राति उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ