• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    युक्रेनको राजधानी किभमा रुसी सैनिक पसे, युद्ध झन् चर्किँदै

    1.7K
    SHARES


    एजेन्सी। रुसले युक्रेनको राजधानी किभ नै कब्जा गर्न खाजेको छ । आज तेश्रो दिन पनि विभिन्न स्थानमा रुसी र युक्रेनी सैनिकबीच भिडन्त जारी छ । तेश्रो दिनमै रुसले राजधानी कब्जा गर्न किभका चारैतिरबाट सैनिक पठाएको छ ।

    राजधानीमै सैनिक पठाएपछि दुई देशका सेनाबीच भीषण लडाईँ चलिरहेको छ । किभको सडकमा भीषण युद्ध चलिरहेको दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले देखाइरहेका छन् ।

    यसैबीच, युक्रेन सरकारले हजारौँ सर्वसाधारणलाई समेत हतियार बाँडेर लड्न आह्वान गरेको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूहरू पछाडि नहट्ने बरु लड्ने स्पष्ट पारेका छन् । यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गएराति आफूलाई पक्राउ गरि रुस पक्षका नेतालाई राष्ट्रपति बनाउने योजना बिफल पारिएको दाबि गरेका छन्।

    राष्ट्रपति जेलेन्स्कीले एक भिडिओ सन्देशमा जारी गर्दै रुसी योजना युक्रेनी सैनिकले विफल पारिदिएको बताए। भिडयो सन्देशमा उनले युक्रेनमाथि रुसीको आक्रमण रोक्न रुसी जनतालाई आह्वान पनि गरेका छन्।

    जेलेन्स्कीले युक्रेनी सेनाले किभ र वरपरका सहरहरूमाथि नियन्त्रण कययमै राखेको दाबी गर्दै युक्रेन युरोपेली सङ्घको सदस्य हुने अधिकार रहेको र बताएका छन्। यता, राजधानी किभमा राति १० बजेबाट बिहान ७ बजेसम्म लागु गरिँदै आएको कर्फ्यू आदेश साँझ ५ बजेदेखि बिहान ८ बजेसम्म जारी गरिएको छ।

    कर्फ्यूको समयमा कसैलार्क पबन सडकमा ननिस्कन आग्रह गर्दै किएभका मेयर भिताली क्लित्स्कोले उक्त आदेशको समयमा सडकमा देखिने जोकोहीलाई शत्रु समूहको सदस्य मानिने चेतावनी दिएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ