• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    युक्रेनमा रहेका नेपालीलाई छिमेकी देशमा जान जर्मन दूतावासको आग्रह, विज्ञप्तिसहित

    673
    SHARES


    काठमाडौँ । रुसी आक्रमणका कारण संकटग्रस्त युक्रेनमा रहेका नेपालीहरूलाई अन्यत्र जान जर्मनको बर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

    दूतावासले विज्ञप्ति जारी गरी युक्रेनबाट सुरक्षित तरिकाले स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान नेपालीहरूलाई आग्रह गरेको हो । युद्ध बढेपछि यी राष्ट्रले नाका खुला गरिदिएकाले त्यहाँबाट निस्किन दूतावासले भनेको छ ।

    ‘हिजो र आज समेत गरी युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरू गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरूलाई आफ्ना मुलुकमा प्रवेशका लागि नाका खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

    सीमा नाकामा प्रवेश गर्न राहदानी या यात्रा अनुमतिपत्र आवश्यक परेमा राहदानीको फोटोकपि फोटो दूतावासको ठेगानामा पठाउन पनि आग्रह गरिएको छ । हालसम्म १ सय ९३ जना नेपाली सम्पर्कमा आएको दूतावासले जनाएको छ ।

    यस्तै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गएराति आफूलाई पक्राउ गरि रुस पक्षका नेतालाई राष्ट्रपति बनाउने योजना बिफल पारिएको दाबि गरेका छन्।

    राष्ट्रपति जेलेन्स्कीले एक भिडिओ सन्देशमा जारी गर्दै रुसी योजना युक्रेनी सैनिकले विफल पारिदिएको बताए। भिडयो सन्देशमा उनले युक्रेनमाथि रुसीको आक्रमण रोक्न रुसी जनतालाई आह्वान पनि गरेका छन्।

    जेलेन्स्कीले युक्रेनी सेनाले किभ र वरपरका सहरहरूमाथि नियन्त्रण कययमै राखेको दाबी गर्दै युक्रेन युरोपेली सङ्घको सदस्य हुने अधिकार रहेको र बताएका छन्। यता, राजधानी किभमा राति १० बजेबाट बिहान ७ बजेसम्म लागु गरिँदै आएको कर्फ्यू आदेश साँझ ५ बजेदेखि बिहान ८ बजेसम्म जारी गरिएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ