• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    युक्रेनी राष्ट्रपतिद्वारा देश छोड्न अस्वीकार, पुटिनको तुच्छ योजना यसरी पारे विफल

    1.5K
    SHARES


    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देश छोड्न अस्वीकार गरेका छन् । साथै जेलेन्स्कीले रातारात आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने तुच्छ रुसी योजना युक्रेनी सुरक्षा बलले विफल बनाइदिएको बताएका छन्।

    भिडिओ सन्देशमा उनले युक्रेनमाथिको आ’क्रमण रोक्नका लागि आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनमाथी दवाव सिर्जना गर्न रुसी जनताहरूलाई आग्रह गरेका छन्। “हामीले योजना असफल बनाएका छौँ,” जेलेन्सकीले भने।

    युक्रेनी सेनाले किएभ र वरपरका सहरहरू आफ्नो नियन्त्रणमै राखेको उनले बताएका छन्। आफ्नो देशसँग युरोपेली सङ्घको सदस्य हुने अधिकार समेत रहेको उनको भनाई छ।

    अझैसम्म युरोपेली सङ्घको सदस्य नरहेको युक्रेनको संविधानमा युरोपियन समूहमा सहभागिता जनाउने आकाङ्क्षा व्यक्त गरिएको छ। किएभका नगर प्रमुख भिताली क्लित्स्कोले युक्रेनको राजधानीमा साँझ ५ बजेदेखि बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेका छन्।

    यसअघि राति १० बजेबाट बिहान ७ बजेसम्म कर्फ्यू लागु गरिएको थियो। ट्विट गर्दै क्लित्स्कोले भनेका छन्, “कर्फ्यूको समयमा सडकमा देखिने जोकोही सर्वसाधारणलाई शत्रु समूहको सदस्य मानिनेछ।”

    रुसी पानीजहाज फ्रान्सको नियन्त्रणमा
    फ्रान्सको जलसेनाले रुसको सेन्ट पिटर्सबर्ग जाँदै गरेको मालवाहक पानीजहाज इङ्लिश च्यानलमा रोकेको बीबीसीले थाहा पाएको छ।

    रुसमाथि युरोपेली सङ्घले लगाएको नयाँ प्रतिबन्धअनुसार उक्त जहाज रोकेर अर्को ठाउँतिर पठाइएको फ्रेन्च अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

    “कार ढुवानी गरिरहेको १२७ मिटर लामो बल्टिक लीडर नाम गरेको रुसी पानीजहाज राति नै जलसेनाले रोकेर उत्तरी फ्रान्सको बन्दरगाहमा लगिएको छ,” ती अधिकारीले भनेका छन्।

    “युरोपेली सङ्घले प्रतिबन्ध लगाएका मस्कोका कम्पनीको जहाज भएको आशङ्कामा नियन्त्रणमा लिइएको हो। फ्रेन्च सीमा सुरक्षा बलले अहिले कार्गो जहाजको अनुसन्धान गरिरहेका छन्।”

    जहाज रोकिएको बारे रुसी दूतावासले फ्रान्ससँग स्पष्टीकरण मागेको रुसको आरआईए समाचारसंस्थाले जनाएको छ।राजधानीतर्फ केन्द्रित हुँदै गरेका रुसी सेनालाई रोक्न युक्रेनले सेना परिचालन गरेको छ भने नागरिकहरूलाई हतियार वितरण गरिएको छ।

    अहिले किएभको अवस्था देखाउने तस्बिर यस्ता छन्। युक्रेनका स्वास्थ्यमन्त्रीले रुसले आक्रमण गरेपछि अहिलेसम्म १९८ जना युक्रेनी नागरिकको मृत्यु भएको जानकारी दिएका छन्।

    आफ्नो फेसबुक पेजमा लेख्दै भिक्टोर ल्याश्कोले रुसी आक्रमणका कारण थप १,११५ जना घाइते भएका र तीमध्ये ३३ जना बालबालिका भएको उल्लेख गरेका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ