• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    सकियो बालकोट बैठक, भयो फेरि एक बुँदे सहमति

    1.6K
    SHARES


    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सकिएको छ । नेपाली कांग्रेसको नेता र नेकपा एमालेका नेताबीच भएको छलफलमा एक बुँदे सहमति भएको छ ।

    दुई पार्टीबीच लोकतन्त्रका लागि लडेका शक्तिहरुबीच समझदारी गर्दै अगाडि बढ्ने सहमति भएको छ । यसबाहेक अरु कुनै विषयमा टुंगोमा नपुगेको नेताहरुले बताएका छन् ।

    बैठकमा लोकतन्त्रका लागि लडेका शक्तिहरु आधारभूत समझदारी गरेर अघि बढ्नुपर्नेमा सहमति भएको हो । प्रधानमन्त्रीले एमसीसी पारित गर्नुपर्ने तथा एमालेले पार्टीका १४ सांसदलाई कारवाही गर्नुपर्ने अडान दोहोर्याएका थिए ।

    बैठकपछि निस्कदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष कांग्रेस र एमाले लोकतन्त्रको यात्राका सहयात्री भएकाले एक ठाउँमा रहनुपर्नेमा सहमति भएको बताए ।

    उनले एमाले अध्यक्ष ओलीकै जोडमा यस्तो सहमति भएको बताए । ‘समुन्नत लोकतन्त्रलाई अगाडि बढाउने हो भने वृहत छलफल जरुरी छ । हाम्रो भेटघाटको क्रम जारी रहन्छ,’ उनले भने ।

    एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले अलिकति फराकिलो ढंगले लोकतन्त्रका लागि लडेका शक्ति मिल्नुपर्ने संकेत गरेको बताए । तर कांग्रेसबाट सहमतिका लागि कुनै ठोस प्रस्ताव नआएको उनको भनाइ छ ।

    आज ठोस प्रस्ताव आएन । अर्को वैठकमा आउँछ कि ?’ ज्ञवालीले भने । उनले सत्तासमिकरणमा आफ्नो पार्टीको रुची नरहेको र यो विषयमा छलफल पनि नभएको दावी गरे ।

    यस्तै यता प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले सत्ता साझेदार माओवादी केन्द्रलाई एमसीसीको पक्षमा उभिन शनिबार तीन बजेसम्मको डेडलाइन दिएको छ ।

    शुक्रबार राति बालकोटमा एमाले अध्यक्ष केपी ओलीसंग वार्ता सकेपछि काँग्रेसका एक नेताले भने, ‘शनिबार तीन बजेसम्म प्रचण्डले पार्टीमा बैठक गराएर एमसीसी पास गर्ने ठाउँमा पुग्नुभयो भने गठबन्धन जोगिन्छ । किनभने प्रचण्ड युर्टन गर्न माहिर हुनुहुन्छ । उहाँले युर्टन गर्नुभयो भने गठबन्धनको बाटोबाट अगाडि जान्छ ।’

    त्यसैका लागि शनिबार अपरान्ह तीन—चार बजेपछि मात्र एमालेसँग काँग्रेसले छलफलको समय राखेको छ । ती नेताले भने, ‘त्यो बेलासम्म एमसीसीमा म भोट हाल्छु भनेर प्रचण्डसँग सहमति भइसक्नुपर्यो । त्यो भएन भने काँग्रेस र एमालेबीच भोलि नै नयाँ घटनाक्रमको विकास हुन्छ ।’

    ती नेताका अनुसार शनिबार प्रचण्डले एमसीसी पक्षमा भोट हाल्ने ठाउँमा नपुगे काँग्रेस र एमालेले कुनै हालतमा उपाय निकाल्ने छन् । त्यसका लागि शनिबार अपरान्ह ओली निवास बालकोटमै छलफल हुनेछ ।

    काँग्रेसले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको साथ खोजेको छ । फागुन १६ गते एमसीसी पास गर्ने तयारीमा जुटेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेलाई साथमै उभ्याउने भगीरथ प्रयास गरिरहेका छन् ।

    सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएपछि प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्यको हात अगाडि बढाएका हुन् । देउवाले पुस २४ गतेदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद सुरु गरे पनि परिणाम निस्किन सकेको छैन ।

    यस​बीच प्रधानमन्त्री देउवाले तीन पटक ओली निवास बालकोट गएर छलफल गरेका थिए । एकपटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित ओलीसँग बालुवाटारमा छलफल पनि गरे । तर, एमसीसीबारे सत्ता गठबन्धन र एमालेको साथ जुटाउन देउवा अहिलेसम्म असमर्थ छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ