• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    युक्रेनी सेनाका कमाण्डरले भने- ‘पासपोर्ट ल्याएर भर्ति हुनू, उमेरकाे प्रतिबन्ध छैन’

    1.8K
    SHARES


    काठमाडौँ । युक्रेनको रक्षा मन्त्रालयले उमेरको परवाह नगरी सेनामा भर्ति हुन आह्वान गरेको छ । त्यहाँको रक्षा बलले ट्वीट गर्दै आफ्ना सबै नागरिकलाई सेनामा सामेल हुन आह्वान गरेको हो ।  सेनाका कमाण्डर युरी गालुस्किनले जारी गरेको ट्वीटमा नाबालिगहरूलाई सेनामा सामेल गरिने उल्लेख गरिएको छ ।

    आज, युक्रेनलाई सबै कुरा चाहिन्छ, सामेल हुने सबै प्रक्रियाहरू सरलीकृत छन्,’ ट्वीटमा भनिएको छ, ‘तपाईंको राहदानी र पहिचान नम्बर मात्र ल्याउनुहोस्, कुनै उमेर प्रतिबन्धहरू छैनन् ।’

    युक्रेनको रक्षा मन्त्रालयको यो ट्वीले त्यहाँको अवस्था कस्तो छ भन्ने बयान गरिरहेको छ । रुसी सेनाको आक्रमणपछि युक्रेनबाट लाखौं मानिसले देश छोडिसकेका छन् ।

    युक्रेनी सरकारले १६ वर्षदेखि ६० वर्षसम्मका मानिसलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । राष्ट्रपति जेलेनेस्कीले देशका लागि हरेक नागरिकले लड्नुपर्ने बताउँदै आएका छन् ।

    थबकतबबयुक्रेनको राजधानी किभको सडकमा रुसी सेनासँग भिडन्त सुरु भएको सरकारलाई उद्धृत गर्दै युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले जनाएको छ । ‘हाम्रो सहरको सडकमा भिडन्त भइरहेको छ,’ समाचार एजेन्सीले जनाएको छ ।

    समाचारमा सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र झ्याल वा बरन्डामा ननिस्कन चेतावनी दिएको छ । रुसले युक्रेनमाथि सैनिक कारबाही सुरु गरेको आज तेस्रो दिन हो । शनिबार युक्रेनको सबै मुख्य शहरहरुमा विस्फोट भएका छन् ।

    यसबीच युक्रेनले ३ सय रुसी सेना बोकेको दुईवटा विमानलाई खसाएको दाबी गरेको छ । यता, रुसी सैनिकले किभको विमानस्थलमा कब्जा गरिसकेको बताइएको छ ।

    अमेरिकाले युक्रेनमा आफ्नो सेना नपठाउने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्। रुसले युक्रेनमा आक्रमण थालेको अवस्थामा युक्रेनको सहयोगका लागि अमेरिकाले आफ्ना सेना नपठाउने बाइडेनको भनाइ रहेको छ।

    रुस–युक्रेन द्वन्द्वको विषयमा बाइडेनले भनेका छन्,‘हाम्रो सेना आज पनि त्यो द्वन्द्वको हिस्सा छैन र पछि पनि त्यसमा भाग लिनेछैन।’ युक्रेन आफैंले उसको युद्ध लड्नुपर्ने बताउँदै बाइडेनले नेटोसम्म रुसी आक्रमण आइपुुगेको खण्डमा भने अमेरिका चुप नबस्ने उनको भनाइ।

    ‘हाम्रा सेनाहरु युरोपमा युक्रेनलाई सहयोग गर्न जाँदैनन् तर युक्रेन बाहिर नेटोसम्म रुसी आक्रमण भए अमेरिका युद्धको लागि तयार हुुन्छ’ उनले भने।

    यसअघि अमेरिकाले युक्रेनलाई आक्रमण गरे रुसमा कडा प्रतिबन्ध लगाउने बताएका थिए। हाल अमेरिका र उसका सहयोगीले रुसमाथि आर्थिक प्रतिबन्धको घोषणा पनि गरिसकेका छन्। सीएनएन र एजेन्सीको सहयोगमा

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ