• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    बालकोटमा देउवा र ओलीबीच के जुट्यो सहमति ? बैठक सकियो

    1K
    SHARES


    काठमाडौँ । प्रतिनिधि सभाको अवरोध हटाउने र एमसीसी अनुमोदन गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

    अध्यक्ष ओली निवास बालकोटमा शुक्रबार राति भएको छलफलमा प्रधानमन्त्री देउवाले सवैको सहमतिमा एमसीसीलाई अनुमोदन गर्न प्रस्ताव गरेका थिए । त्यसका लागि अध्यक्ष केपी ओलीले पुरानै कुरा दोहोर्याएका थिए ।

    ‘पहिला हामीलाई संसदमा प्रवेश गर्ने वातावरण बनाउनुस्,प्रतिनिधि सभा प्रवेश गर्ने द्वार खोजिदिनुस्’, ओलीको जवाफ उदृत गर्दै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

    छलफलमा दुई नेताबीच धेरै ठुलो संघर्ष गरेर प्राप्त गरेका लोकतन्त्र, बचाउन प्रजातान्त्रिक शक्ति एक ठाउमा आउन जरुरी रहेकोमा ओलीले जोड दिएका थिए ।

    त्यसक्रममा प्रधानमन्त्री ओलीले अधिकतम सहमतिका साथ एमसीसी संसदबाट अनुमोदन गरेर राष्ट्रिय महत्वका विषयमा एक ठाउँ छौ भनेर सन्देश दिन जरुरी रहेको बताएका थिए । प्रवक्ता कार्कीले एमसीसीको विपक्षमा एमाले उभिन नसक्ने भन्दै संसदको द्वार खोल्न आआफ्ना अडान छाडेर दुई कदम अघि बढ्नुपर्ने बताए ।

    छलफलपछि एमाले नेता तथा उपमहासचिव प्रदीप ज्ञवालीले एमाले एमसीसीमा अनिर्णित नरहने तर त्यो भन्दा अघि आफुहरुले कारवाही गरेका १४ सांसदको सुचना सभामुखले टाँस गर्नुपर्ने अडान छलफलमा पनि राखेको बताए ।

    ‘एमाले अनिर्णित रहँदैन र स्पस्ट दिशा पनि दिन्छ । तर त्यसका लागि सदनमा छलफल गर्ने वातावरण हुनुपर्यो’, ज्ञवालीको भनाइ छ । उनले छलफल गर्दै अघि बढ्ने सहमति भएको बताए ।

    अमेरिकी सहयोग परियोजना एमसीसीसँगको सम्झौताका कारण मुलुकको राजनीतिक समीकरणमा फेरबदल आउने सम्भावना बढ्दै गएको छ । बिहीबारयताका विभिन्न घटनाक्रमले राजनीतिक समीकरण बदलिने संकेत गरेका हुन् ।

    खासगरी सत्तारुढ दलभित्र एमसीसीमा समान धारणा नबनेपछि हालको समीकरण नै बदलेर काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले विकल्पमा पाइला चाल्न सुरु गरिसकेका छन् ।

    ती छलफलमा एमसीसी पास गर्ने शर्तमा एमालेले अघि सारेका माग पूरा गर्न देउवा तयार भएको बताइएको छ । यद्यपि प्रक्रियाका बारेमा ठोस सहमति जुटिनसकेको दुबैतर्फका नेताहरुको भनाइ छ । एमसीसी पास गर्ने शर्तमा एमाले र काँग्रेसबीच सहकार्य भएमा त्यसको पहिलो असर गठबन्धनमा पर्ने देखिन्छ ।

    सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी पास नगर्ने बरु सत्ता छोड्न तयार हुने मनस्थिति बनाइसकेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री देउवाले आफ्नो सरकार बचाउँन एमालेको साथसहितका विभिन्न विकल्प खोज्नेछन् ।

    त्यसक्रममा देउवाले यसअघि एमालेले कारवाही गरेका माधव नेपालसहितका नेतामाथिको कारवाहीको विषयलाई साथ दिनुपर्ने अवस्था आउन सक्छ । तर, देउवा माधव नेपालको राजनीतिक भविष्य नै दाउमा पर्ने गरी निर्णय गर्छन् या गर्दैन्, त्यो भने उनले आगामी दिनमा लिने कदमबाट मात्रै टुंगो लाग्ने देखिन्छ । यद्यपि माओवादी केन्द्रले शुक्रबार मात्रै गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ