• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओलीलाई भेट्न दलबलसहित बालकोट पुगे प्रधानमन्त्री देउवा, को-को छन् साथमा ?

    1.1K
    SHARES


    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताबीच छलफल सुरु भएको छ । विपक्षी दलका नेता ओलीलाई भेट्न प्रधानमन्त्री देउवा आफैं बालकोट गएका हुन् ।

    प्रधानमन्त्री देउवाको साथमा कांग्रेसका अरू नेताहरू पनि सहभागी छन् । यसअघि प्रधानमन्त्री र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता भएको थियो ।

    प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका नेताहरूसँग एसमीसी पास गर्ने र गठबन्धन पनि जोगाउने विषयमा छलफल गरेका थिए । उक्त छलफल सकारात्मक भएको नेताहरूले बताएका छन् ।

    यता नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुको छलफल सकिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनादर्न शर्मालाई लिएर बालुवाटार गएका थिए ।

    बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी र सत्ता गठबन्धनबारे सकारात्मक छलफल भएको एक नेताले जानकारी दिए । बालुवाटार जानु अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए ।

    त्यस्तै नेकपा एमालेका नेता भीम रावलले सत्ता र कुर्सीका लागि एमसीसी पास गर्ने प्रयास भइरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले एमसीसी पास गर्ने खेल रोक्नका लागि सजग रहनुपर्ने पनि बताएका छन् ।

    ‘सत्ता र कुर्सीको चरम स्वार्थको फोहोरी आहालमा नेपालको स्वाधीनता, हित र स्वाभिमानलाई डुबाउने घृणित खेल देखिँदै छ। यस्तो खेल खेल्नेहरू नेपालको स्वाधीनता र हित विरोधी एमसीसीका प्रावधानप्रति आँखा चिम्लेर सिद्धान्त,नीति र नैतिकताहीन राजनीतिको पासोमा देश फसाउने कुकृत्य गर्दैछन् । सजग रहौं !’ रावलले लेखेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ