• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कहाँ बसेर लुकेका छन् पल शाह ? पक्राउ गर्न प्रहरीको ५ टोली फिल्डमा

    1.4K
    SHARES


    काठमाडौँ । अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीको जम्बो टोली परिचालन गरिएको फिल्डमा खटिएको छ । बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो ।

    पलको खोजीमा प्रहरीको ५ टोली परिचालन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले उनीबारे अनुसन्धान गरिरहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय तनहुँले फागुन ११ मा उनको खोजतलासमा सहयोग गरिदिन महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो । पललाई पक्राउ गर्न काठमाडौंमा पत्राचार गरिएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले बताए ।

    अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनी काठमाडौंमा लुकिछिपी हिँडिरहेका छन् । पल नेपाली चलचित्र तथा म्यूजिक भिडियोका लोकप्रिय अभिनेता हुन् ।

    उनीमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप छ । घटनास्थल तनहुँ भएको हुनाले नाबालिगका परिवारले तनहुँ जिल्ला प्रहरी कार्यकालमा उनीविरुद्ध जाहेरी दिएका थिए ।

    यता गायक दुर्गेश थापाले अभिनेता पल शाहबाट पीडित बनेका नाबालिगलाई आफूहरूले मद्दत गर्ने प्रयास मात्र गरेको स्पष्ट पारेका छन् ।

    शाहले सामाजिक सञ्जालमार्फत आफूलाई नियोजित रूपमा फसाउन थापालगायतले षडयन्त्र गरेको आरोप लगाएका थिए ।

    कुराकानी गर्दै थापाले भने, ‘गल्ती गर्ने ऊ, दोष चाहिँ हामीमाथि । एकजना नाबालिग ऊबाट पीडित भएकी छन् ।

    ती नाबालिगलाई न्याय दिलाउन हामीले सहयोग गरेका हौँ । ती नाबालिगले न्याय पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । यसबारे हामी विस्तृतमा पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौँ ।’

    प्रहरीले खोजिरहेका शाहले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्ने प्रयास गरेका छन् । उनले आफूमाथि नियोजित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंमाथि षडयन्त्र गरेको आरोप लगाएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ