• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    युक्रेनको राजधानी पुग्यो रुसी सेना, पुरा युक्रेन कब्जा गर्ने योजना

    1K
    SHARES


    किभ। युक्रेनको रक्षा मन्त्रालयले रुसी सेनाहरु राजधानी किभसम्मै आइपुगेको जानकारी दिएको छ। मन्त्रालयले ट्विटरमार्फत् रुसी सेनाहरु राजधानी किभमै घुसेर आक्रमण गर्न थालेको जानकारी दिएको हो।

    मन्त्रालयका अनुसार रुसी सेनाहरु संसद भवनदेखि मात्र ९ किलोमिटर टाढा छन्। यस्तै युुक्रेनको काउन्टर इन्टलिजेन्सका अनुसार राजधानी किभलाई नियन्त्रणमा लिइसकेपछि अन्य क्षेत्रमा पनि कारवाही गरेर पुरै युक्रेन कब्जा गर्ने रुसको लक्ष्य रहेको छ।

    खबरअनुसार रुसी सेनाले क्रुज क्षेप्यास्त्रहरु हानेका छन्। सैन्य ठेगाना र हतियार भण्डार क्षेत्रहरुमा बमहरु खसाइएको छ।

    रूसी सेनाहरुले देश नै कब्जा गर्ने अवस्था आएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा राष्ट्रसँग सैन्य सहायता माग गरेका छन्।

    यद्यपी रुसमाथि आर्थिक प्रतिबन्धको घोषणा मात्र भएको छ। अमेरिकाले अमेरिकी सेना कहिल्यै युक्रेन नजाने बताएको छ।

    तर नेटोमा आवद्ध मुलुुकहरुमा रुसले आक्रमण गर्न थाल्यो भने अमेरिकाले रुसमाथि युद्ध थाल्ने राष्ट्रपति जो बाइडेनको भनाइ छ।

    रूसी राष्ट्रपति पुटिनले पूर्वी युक्रेनमा रहेका विद्रोही नियन्त्रित क्षेत्र डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको घोषणा गर्दै औपचारिक रुपमै युक्रेनमा सैन्य कारवाही थाल्न आफ्ना सेनालाई निर्देशन दिएपछि युक्रेनको राजधानीसम्मै आक्रमण भइरहेका हुन्।

    रुसले तेस्रो पक्ष आन्तरिक मामिलामा हस्तक्षेप गर्न आइपुगे उसलाई पनि आफूले नछाड्ने चेतावनी दिएको छ।

    सोभियत संघको पतनपछि सन् १९९१ मा युक्रेन रुसबाट अलग भएको थियो। त्यसयता युक्रेनले पश्चिमा राष्ट्रसंग लगातार सम्बन्ध बढाएको छ जुन रुस रुचाउँदैन।

    युक्रेन अमेरिकाले नेतृत्व गरेको सैन्य गठबन्धन नेटोमा आवद्ध हुन खोजेपछि रुस क्रुद्ध भएको हो। रुसले अमेरिका लगायत अन्य युरोपेली राष्ट्रलाई युक्रेनलाई नेटोमा आवद्ध नगराउन आग्रह गरेको थियो। तर अमेरिकाले रुसी मागको अस्वीकार गरेको थियो।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ