• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    रुसी र युक्रेनी सेनाबीच गोली हानाहान हुँदै गरेको भिडियो सार्वजनिक, हेर्नुहोस भिडियोसहित

    2K
    SHARES


    बीबीसी। युक्रेनको पश्चिमोत्तर सहर सुमीको एउटा सडकमा रुसी र युक्रेनी सैनिकहरूबीच गोली हानाहान भइरहेको भनिएको एउटा भिडियो युक्रेनको सेनाले सार्वजनिक गरेको छ।

    रुसी सीमादेखि ३० किलोमिटर टाढा पर्ने क्षेत्रीय राजधानी सुमीको जनसङ्ख्या दुई लाख ६० हजारभन्दा बढी छ। स्थानीय प्रशासकका अनुसार रुसी सेनाको एउटा ठूलो लस्कर सुमीको पश्चिमतिरबाट राजधानी किएभतर्फ बढिरहेको छ।

    त्यसको नजिकै अवस्थित कोनोटोप सहरलाई पनि रुसी फौजले घेरा हालेको छ।  यस्तै यता युक्रेनले गएको २४ घण्टामा आठ सय रुसी सेना आफ्नो कारवाहीमा मारिएको दाबी गरेको छ।

    युक्रेनको रक्षा मन्त्रालयले शुक्रबार सो संख्यामा रुसी सेना आफ्नो कारवाहीमा मारिएको जानकारी दिएको हो। मन्त्रालयका अनुसार ३० ट्यांक, सात युद्धक विमान र ६ हेलिकप्टर पनि सोही अवधिमा ध्वस्त बनाइएका छन्।

    यस्तै रुसले बिहीबारदेखि थालेको आक्रमणमा हालसम्म १३७ युक्रेनी नागरिकको मृत्यु भएका छन् भने ३१६ घाइते भएका छन्। एनबीसी न्युजका अनुसार आज युुक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ४० युक्रेनी सेना पनि छन्।

    पुटिनले पूर्वी युक्रेनमा रहेका विद्रोही नियन्त्रित क्षेत्र डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको घोषणा गर्दै औपचारिक रुपमै युक्रेनमा सैन्य कारवाही थाल्न आफ्ना सेनालाई निर्देशन दिएपछि युक्रेनको राजधानीसम्मै आक्रमण भइरहेका हुन्।

    उता युुक्रेनमाथि आक्रमण सुरु भएपछि विश्व समुदायले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन्। रुसले तेस्रो पक्ष आन्तरिक मामिलामा हस्तक्षेप गर्न आइपुुगे उसलाई पनि आफूले नछाड्ने चेतावनी दिएको छ।

    युक्रेनले १८ देखि ६० वर्षसम्मका नागरिकलाई देश छाड्न दिएको छैन। उनीहरुलाई हतियार उठाउन त्यहाँको सरकारले आह्वान गरेको छ।

    सोभियत संघको पतनपछि सन् १९९१ मा युक्रेन रुसबाट अलग भएको थियो। त्यसयता युक्रेनले पश्चिमा राष्ट्रसंग लगातार सम्बन्ध बढाएको छ जुन रुस रुचाउँदैन।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ