• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    रुस-युक्रेन यु’द्ध चलिरहेका बेला अमेरिकाले गर्यो यस्तो घोषणा, क-कसलाई आइलाग्यो तनाव ?

    2.2K
    SHARES


    सिन्ह्वा । रुसले बिहीबार युक्रेनमा ह’मला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ । यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेका हुन् । उनले बिहीबार ह्वाइट हाउसमा सो नयाँ प्रतिबन्धहरुको घोषणा गरेको समाचारमा जनाइएको छ ।

    रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा समेत प्रतिबन्ध लगाउने गरी नयाँ नाकाबन्दीको घोषणा गरेका हुन् । रुसले युक्रेनमाथि आ’क्र’मण गरिरहँदा त्यसको विरोधमा रुसकै पनि हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ ।

    रुसले केही महिनाको प्रयासपछि बिहीबार युक्रेनमा ह’मला गरेको थियो । सैन्य ह’मलामा परी युक्रेनको राजधानी लगायतका सहरमा केही नागरिकको ज्यान पनि गएको छ । सो हमलापछि राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य सहरमा प्रदर्शनहरू नै भएको थिए । ती प्रदर्शनमा परेर अहिलेसम्म १ हजार ७०० जनालाई पक्राउ गरिएको छ ।

    रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आ’क्रमण गर्न थालेको शुक्रवार दोस्रो दिन हो । रुसले गरेको सो आक्रमणका विरुद्धमा रुसी राजधानीमा नै युद्धविरोधी नाराहरू लेखिएका प्लेकार्डसहित हजारौँ मानिस सडकमा आएका थिए ।

    रुसी सहरमा मात्र नभएर विश्वका अन्य कैयौँ सहरमा पनि युद्धको विरोधमा प्रदर्शन भएका छन् । ती प्रदर्शनहरुमा रुसले युक्रेनमा गरेको हमलाको विरोध गरिएको छ ।

    युक्रेनमा रुस हमलाको आज दोस्रो दिन हो । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान कयौँ विस्फोटको आवाज सुनिएको छ । युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले पुरै सेनालाई युद्धमा उतार्ने घोषणा गरेका छन् ।

    युक्रेनले आफ्नो सेनाले ८०० भन्दा बढी रुसी सैनिक मारेको दाबी गरेको छ । यसका साथै, ३० रुसी ट्यांक र ७ जासुसी विमान पनि ध्वस्त पारेको दाबी युक्रेनले गरेको छ ।

    युक्रेन सरकारले १८ देखि ६० वर्षका पुरुषलाई देश छोड्नबाट प्रतिबन्ध लगाएको छ । केही रिपोर्ट अनुसार युक्रेनले आफ्ना १० हजार नागरिकलाई प्रतिरोधका लागि राइफल दिइसकेको छ ।

    शुक्रबार बिहानै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विश्वले आफूहरुलाई युद्ध गर्नका लागि एक्लै छोडेको उल्लेख गरेका छन् । उनी आफू किएभमा भएको र त्यहाँ रुसी सेना आइसकेको पनि उनले बताए । रुसको पहिलो निशाना आफू भएको र त्यसपछि आफ्नो परिवार भएकोसमेत उनले बताए ।

    अमेरिकाले पनि बिहीबार युरोपमा ७००० थप सेना तैनाथ गरेको घोषणा गरेको थियो । अमेरिकाको रक्षा विभाग पेन्टागनले भनेको छ, ‘रक्षा सचिव लोयड अस्टिनले नेटो सहयोगीको भरोसा दिन जर्मनीमा सैकिको तैनाथीको आदेश दिएका छन् । अमेरिका रुसलाई पनि जवाफ दिन चाहन्छ कि यदि उसले नेटो देशतिर अग्रसर भयो भने जवाफी कारवाही गर्नमा पनि कुनै संकोच हुने छैन ।’

    रुसले बिहिबार चेर्नोबिल परमाणु प्लान्टमा पनि कब्जा गरेको थियो । आज अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सीले युक्रेनको परमाणु संयन्त्र सुरक्षित रुपमा चलिरहेको बताएको छ । चेर्नोबिलमा कुनै नोक्सानी भएको छैन ।

    रुसको आक्रामक कारवाहीपछि अमेरिकाले वासिङ्टनमा रहेका रुसी राजदूतावासमा तैनाथ उच्च तहका कुटनीतिज्ञलाई आफ्नो देशबाट निकालिदिएको छ । यद्यपि, विदेश कुटनीतिज्ञका एक वरिष्ठ अधिकारीले न्यूयोर्क टाइम्ससँग कुरा गर्दै कुटनीतिज्ञलाई युक्रेन हमलाकै कारण बाहिर ननिकालिएको बताएका छन्

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ