काठमाडौं । संसदमा पेस भएको एमसीसी खारेजीको माग गर्दै काठमाडौंको नयाँ बानेश्वर क्षेत्र बिहिबार पनि बिहिबार दिनभरी तनावग्रस्त रह्यो।
एमसिसीविरूद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच पटक-पटक झडप र लखेटालखेट भयो ।
एमसिसीविरूद्ध प्रदर्शनमा उत्रिएकाले सुरक्षा घेरा नाघेपछि प्रहरीले नियन्त्रमा हुने भन्दै अश्रुग्याँस र पानीको फोहोरा प्रहार गर्यो तर प्रदर्शनकारीले उल्टै ढुंगा र इट्टा फर्काए ।
बिहिबारको झडपमा एकजना प्रदर्शनकारी गम्भिर घाइते भएका छन् । टियर ग्याँस सेलले लागेर हेमराज अवस्थी घाइते भएका हुन् ।
उनको टाउकोमा चोट लागेको छ । बानेश्वरस्थित एभरेष्ट नर्सिङ होमले उनलाई ट्रमा सेन्टरमा रिफर गरेको छ । उनको टाउकोमा चोट लागेको छ ।
बानेश्वरबाट प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । त्यस्तै प्रदर्शन स्थलबाट १२ जनालाई काठमाडौंको पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले बताएका छन् ।
बिहीबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक भोलिको लागि स्थगित भएसँगै साँझ आन्दोलन केही मथ्थर भपछि यातायात सञ्चालनमा आएको छ ।
प्रतिक्रिया