• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    संसद्‍मा एमसीसीमाथि पेश हुनअघि नै देउवा प्रचण्डबीच भेटवार्ता

    1.7K
    SHARES


    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

    बिहीबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र प्रचण्डबीच एमसीसीका सन्दर्भमा करिब १ घण्टा छलफल भएको हो ।

    आज बिहान नेकपा एकीकृत समाजवादी र जसपाका नेतासँगको छलफल सकिए लगत्तै प्रचण्डले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्न पुगेका थिए ।

    आइतबार संसद्मा टेबल भएको एमसीसीमाथि आज छलफल सुरु हुँदै छ । माओवादी र एकीकृत समाजवादी एमसीसी पास गर्न नहुने पक्षमा छन् भने काँग्रेसले कुनै हालतमा पास गर्ने अडान लिएको छ । यसले सत्ता गठबन्धनको भविष्यमा सङ्कट उत्पन्न भएपछि नेताहरूबीच भेटघाटले तीव्रता पाएको छ ।

    बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँण प्रचण्डको निवासमा पुगेका थिए भने सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए ।

    काँग्रेसले एमसीसी पास गर्ने रणनीति अनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवाद अगाडि बढाएपछि प्रचण्ड झस्किएको अवस्था छ । गठबन्धन कायम राखेर एमसीसीको निकास खोज्न सत्तारुढ दलका नेताहरू लागिपरेका छन् ।

    यस्तै प्रतिनिधि सभामा छलफलका लागि एमसिसीबारे छलफल हुने दिन अर्थमन्त्री जनार्दन शर्मा पर्वतमा छन्। उद्योग वाणिज्य संघ पर्वतको साधारण सभा उद्घाटनको लागि उनी त्यहाँ पुगेका हुन्।

    पर्वतबाट आजै फर्किने कार्यक्रम रहेको शर्माका स्वकीय सचिव नविन पोखरेलले बताए। ‘अहिले कार्यक्रम सुरू हुँदैछ। यो कार्यक्रम सकिएपछि हामी सिधै पोखरा गएर काठमाडौं आउँछौं,’ उनले भने, ‘संसद बैठकमा सहभागी हुने भन्ने छ। तर समय भ्याइन्छ कि भ्याइन्न।’

    शर्मा पर्वको स्काइक्याफेमा रमाइरहेको तस्बिर तथा भिडिओ पनि सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा एमसिसी टेबल हुँदा पनि अर्थमन्त्री शर्मा उपस्थित थिएनन्।

    उनी बिरामी भएको भन्दै संसदमा उपस्थित भएका थिएनन्। उनको अनुपस्थितमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले एमसिसी टेबल गरेका थिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ