• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    रुसले युक्रेनमाथि सैन्य कारवाहीको घोषणा गरेलगत्तै चीनले पनि मुख खोल्यो

    1.7K
    SHARES


    काठमाडौँ । संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठकमा चीनले युक्रेनको मुद्दामाथि शान्तिपूर्ण समाधानको बाटो पूर्ण रुपमा बन्द नभएको बताएको छ ।

    संयुक्त राष्ट्रमा चीनका राजदूत जाङ जुनले यो बाटो बन्द हुन पनि नहुने बताएका छन् । उनका अनुसार चीन हरेक त्यो कुटनीतिक कदमको स्वागत गर्नेछ, जुन युक्रेन संकटको समाधानका लागि हुनेछ ।

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबार टिभी सन्देशमा पूर्वी युक्रेनमा विशेष सैनिक कारवाहीको घोषणा गरेका छन् ।

    संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकमा यसबारे चर्चा भइरहेको छ । पुटिनले युक्रेनका सैनिकलाई हतियार बिसाउन भनेका छन् र यो मामिलामा दखल दिनेहरुलाई रुसले जवाफ दिने बताएका छन् । राष्ट्रपति पुटिनका अनुसार उनको उद्देश्य युक्रेनमाथि कब्जा गर्ने होइन ।

    अमेरिकाका राष्ट्रपति जो बाइडेनले यसको आलोचना गरेका छन् जबकी संयुक्त राष्ट्र महासचिव एन्टोनिया गुटेरेसले रुसका राष्ट्रपति पुटिनले उनीहरु मानवताको नाममा आफ्ना सैनिकलाई फिर्ता बोलाउन आग्रह गरेका छन् ।

    पछिल्ला केही दिनदेखि राष्ट्रपति पुटिनले युक्रेनको अलगाववादीको नियन्त्रण भएका दुई क्षेत्र लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र क्षेत्रको रुपमा मान्यता दिएका थिए । त्यसलगत्तै त्यहाँको स्थिति तनावपूर्ण रहेको छ ।

    यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन कब्जा गर्ने योजना नभएको दाबी गरेका छन् । युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका पुटिनले युक्रेन कब्जा गर्ने योजना भने नभएको बताएका हुन् ।

    आज बिहान टेलिभिजन सम्बोधन गर्दै उनले युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न भनेका छन् । साथै उनले युक्रेनका जनताले आफ्नो देश कसले चलाउने भन्ने कुरा आफैं चुन्न सक्ने बताएका हुन् ।

    न्याय र सत्य रुससँग रहेको दाबी गर्दै पुटिनले पूर्वी युक्रेनमा तैनाथ सैनिकहरूलाई भनेका छन्- हतियारहरु फ्याँक र आफ्नो घर फर्क ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ