• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    रुसले युक्रेनमाथि आक्रमण गरेलगत्तै बोल्यो अमेरिका, यस्तो कडा चेतावनीपछि हल्लियो विश्व

    1.5K
    SHARES


    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा युद्धबाट हुने मानवीय क्षति र कष्टको जिम्मेवार रुस हुने बताएका छन् । उनको चेतावनीले विश्वभर तरंग पैदा भएको छ ।

    बिहीबार बिहानै एक विज्ञप्ति जारी गर्दै बाइडनले युद्धबाट हुने भयावह मानवीय क्षति र पीडाको जिम्मा रुसले लिनु पर्ने बताएका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही सुरु भएको घोषणा गरेपछि बाइडनको पछिल्लो भनाइ आएको हो ।

    ‘आज राति सारा विश्वका नेताहरू युक्रेनी जनताको साथमा छन् किनभने उनीहरू रुसी फौजबाट बिनाकारण तथा कुनै उक्साहटबिनै भएको हमलाको सामना गर्न पुगेका छन्’, बाइडनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति पुटिनले डरलाग्दो मानवीय क्षति एवं कष्ट निम्त्याउने गरी सुनियोजति युद्ध रोजेका छन् । आक्रमणबाट हुने मृत्यु र विनाशको जिम्मेवार रुस मात्रै हुनेछ ।’

    ‘अमेरिका र उसका साझेदार एवं सहयोगीहरूले एक भएर दृढतापूर्वक जवाफ दिने छन्’, विज्ञप्तिमा उल्लेख छ, ‘विश्वले रुसलाई जवाफदेही बनाउने छ ।’

    उता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन कब्जा गर्ने योजना नभएको दाबी गरेका छन् । युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका पुटिनले युक्रेन कब्जा गर्ने योजना भने नभएको बताएका हुन् ।

    आज बिहान टेलिभिजन सम्बोधन गर्दै उनले युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न भनेका छन् । साथै उनले युक्रेनका जनताले आफ्नो देश कसले चलाउने भन्ने कुरा आफैं चुन्न सक्ने बताएका हुन् ।

    न्याय र सत्य रुससँग रहेको दाबी गर्दै पुटिनले पूर्वी युक्रेनमा तैनाथ सैनिकहरूलाई भनेका छन्- हतियारहरु फ्याँक र आफ्नो घर फर्क ।

    उनले चेतावनीको शैलीमा भनेका छन् यदि कसैले रुसलाई कारबाही गर्छ भने मस्कोले प्रतिक्रिया दिन ढिलाइ गर्नेछैन । उनले यो कारबाही आत्मरक्षाका लागि हुने पनि बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ