• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौँको सुरक्षा हाइअलर्टमा, यस्तो छ देउवाको गोप्य तयारी

    765
    SHARES


    काठमाडौँ । संसदमा आज एमसिसीबारे छलफल हुने भएपछि सरकारले काठमाडौँको सुरक्षा हाइअलर्टमा राखेको छ ।

    सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनमोर्चालगायतका भ्रातृसंगठनले आन्दोलन चर्काउने भएका छन्।

    राष्ट्रिय सहमतीमा मात्र एमसिसी पास गर्नुपर्ने भन्दै आएको माओवादी र समाजवादीका भातृ संगठनले आज पनि प्रदर्शन गर्ने भएका छन्।

    दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ।

    संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ।

    सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने छन्। फागुन ८ गते आइतबार एमसिसी सदनमा टेबल भएको थियो।

    यसैबीच गृह मन्त्रालयले प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौँसहित संसद् भवनको सुरक्षा थप बलियो बनाइएको छ।

    प्रतिनिधिसभा बैठकको समयमा संसद् भवन क्षेत्रलाई केन्द्रित गरी प्रदर्शन हुन सक्ने भन्दै सुरक्षा थप बलियो बनाइएको हो ।

    प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई रोक्न प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ।

    यसअघि एमसीसी प्रस्ताव टेबुल हुने भएपछि दिनभर नयाँ बानेश्वर र आसपासको क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ