• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कर’णीसम्बन्धी कसूरमा के हुन्छ पल शाहलाई कारबाही ? प्रहरी भन्छ- पक्राउ गर्दैछौ

    1.2K
    SHARES


    काठमाडौँ । १८ वर्षभन्दा कम उमेरकी एक गायिकालाई ब’ला’त्कार गरेको आरोप खेपेका अभिनेता पल शाहमाथिको अभियोग पुष्टि भए १० देखि १२ वर्ष कैद सजाय हुने भएको छ ।

    मुलुकी अपराधसंहित २०७४ को परिच्छेद–१८ अन्तरगतको ‘करणीसम्बन्धी कसुर’ महलमा सजायबारे व्यवस्था छ । क’रणी’सम्बन्धी कसुरको दफा २१९ को उपदफा ३ को (घ) अनुसार शाहमाथि १० देखि १२ वर्ष कैद हुने देखिएको हो ।

    सो उपदफामा ‘१६ वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्षसम्म कैद हुने’ भनिएको छ । शाहविरुद्ध उजुरी दिने गायिका हाल १७ वर्ष उमेरकी छिन् ।

    ती गायिकाले शाहले आफूमाथि क’र’णी गरेको दाबीसहित बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएकी हुन् ।

    ल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती क’र’णीको उजुरी परेको छ । प्रहरीले खोजिरहेका शाहले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्ने प्रयास गरेका छन् ।

    उनले आफूमाथि नियोजित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंमाथि षडयन्त्र गरेको आरोप लगाएका हुन् । उनले लेखेका छन्, ‘ म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु।

    सायद अहिले सम्म मलाई हजुरहरू सबैले आफ्नो मन देखि निकाली सक्नु भएको होला र गाली गलौज पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईंहरू सामु म माथि गरिएको षडयन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।

    केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप म माथि लगाइएको छ ती सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथि प्रहार गरिएको छ ।

    शाहले आफूमाथि षडयन्त्रको भएको प्रमाणस्वरूप केही अडियो प्रमाणहरू पनि सार्वजनिक गरेका छन् । ‘सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठीक भएको छ तपाईंहरू भगवान् रुपी दर्शक, मिडियाकर्मी साथीहरूले औंलाईदिनुहोला । यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    जिल्ला प्रहरी कार्यालय तनहुँले मोडल पल शाह फरार रहेको बताएको छ। फेला पर्ने बित्तिकै उनलाई गिरफ्तार गरिने जनाइएको छ। पलविरुद्ध हिजो बुधबार गायिका समिक्षा अधिकारले बलात्कारको जाहेरी दिएकी थिइन्।

    १७ वर्षीया गायिकाका परिवारले तनहुँमा पलले फकाएर पटक–पटक बलात्कार गरेको भनेर जाहेरी दिएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले बताए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ