• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    एमसीसी पास गर्ने तयारी भइरहेका बेला एकाएक राष्ट्रपति कार्यालय पुग्यो यस्तो पत्र

    3.8K
    SHARES


    अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी खारेजीको माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन पुगेको छ।

    समाजवादी केन्द्र नेपाल नामक पार्टीले राष्ट्रपति कार्यालयमा एमसीसी खारेज गर्न माग गर्दै निवेदन दिएको हो। एमसीसी सम्झौता इष्ट इन्डिया कम्पनीको ढाँचामा आएको र इष्ट इन्डिया कम्पनीले सिंगो भारतलाई पराधीन बनाएजस्तै हुने जिकिर गरिएको छ।

    एमसीसीले नेपाललाई अनिश्चितकालसम्म पराधीन बनाउन सक्ने खतरा रहेको निवेदनमा उल्लेख छ। एमसीसी किन स्वीकार गर्न हुन्न भन्ने विषयमा विभिन्न ११ वटा बुँदा लेखेर दिइएको निवेदन राष्ट्रपति कार्यालयले दर्ता गरेको छ।

    यस्तै नेपाली कांग्रेसले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। काँग्रेसले सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरेको हो।

    भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको काँग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालले बताइन् ।

    हाल प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका तर्फबाट ६३ जना सांसद छन्, तीमध्ये दुईजना निलम्बित छन्। यता सत्तागठबन्धनमा एमसीसी प्रकरणलाई लिएर विवाद चलिरहेको छ।

    नेपाली काँग्रेस कुनै पनि हालतमा एमसीसी पास गर्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्र र एकिकृत समाजवादी एमसीसीको विपक्षमा मतदान गर्ने तयारी गरेका छन्।

    एमसीसीको पक्षमा मतदान नदिए गठबन्धन तोड्ने काँग्रेसले बताईसकेको छ। यसैबीच, माओवादी अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेबसुकमा आफ्नो कभर तस्विर परिवर्तन गर्दै नेपालमा क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीच संघर्ष चलिरहेको उल्लेख गरेका छन्।

    प्रचण्डले लेखेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोसिस गर्छन्।

    अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीबीच संघर्ष चलिरहेको छ। उनीहरूले कैयौँ षड्यन्त्र रचिरहेर भ्रम छरिरहेका छन्। तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौँ।’

    त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको सन्देश दिएका छन्। एमसीसीमा एमालेको समर्थन जुटाउन ओलीलाई धेट्न बुधबार बिहान बालकोट पुगेका खाँणलाई ओलीले सो सन्देश दिएका हुन्।

    ‘गृहमन्त्रीज्यूले एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग माग गर्नुभयो,’ एमाले अध्यक्ष ओलीका सञ्चार सहयोगी रामशरण बजगाँईले भेटवार्ताबारे भने, ‘अध्यक्षज्युले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताउनुभयो।’

    प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा एमसीसीबारे बहस हुँदैछ र बिहीबार नै अनुमोदन गर्ने तयारी गरिएको छ। सत्तारुढ पाँच दलमध्ये एमसीसी अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस मात्र रहेको छ।

    बाँकी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास गर्न नसकिने बताएका छन्।

    एमसीसीलाई लिएर सरकार अप्ठेरोमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज गृहमन्त्री खाँणलाई सहमति जुटाउन एमाले अध्यक्ष ओलीकहाँ पठाएका हुन् । मंगलबार ओली आफै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए।

    ‘संसदको सबैभन्दा ठूलो दल एमालेमाथि अन्याय भएको छ। कानून सबै दललाई समानरुपमा लागू गर्नुपर्नेमा त्यो गरिएन। हामीलाई न्याय दिनोस्, अनि मात्र हामी एमसीसी प्रक्रियामा सहभागी हुन सक्छौं,’ एमाले अध्यक्ष ओलीले गृहमन्त्री खाँणलाई भने।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ