• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बल्ल फुर्यो प्रचण्डको बुद्धि

    2.3K
    SHARES


    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

    बुधबार पार्टीको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले गठबन्धन र सरकार टुटाउने खतरा बढेको बताएका हुन् ।

    परिवर्तनलाई कमजोर पार्ने खतरा भएपनि प्रतिक्रान्ति हुने सम्भावना भने नरहेको प्रचण्डको टिप्पणी छ ।

    ‘खतरा त बढेकै छ नि । यो परिवर्तन कुनै न कुनै रुपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि । तर अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुरा चाहिं होइन’ उनले भने ।

    प्रचण्डले बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँणसँग खुमलटारमा भेटवार्ता भएपनि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको बताए ।

    त्यस्तै प्रधानमन्त्री शेर बहादुर देउवा एमसीसी पारित गर्न कुनै कसर बाँकी नराख्ने भएका छन् । विषयमा दोहोरो चरित्र देखाएको भन्दै उनले माओवादी र नेकपा एकिकृत समाजवादीलाई सत्ता गठबन्धनबाट अलग्याउने तयारी गरेका छन् ।

    सत्ता सहयात्री भएर पनि एमसीसीका विषयमा प्रतिपक्षीजस्तो व्यवहार गरेको भन्दै कांग्रेस माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसँग चिढिएको हो ।

    यदि एमसीसी पारित गर्ने विषयमा अझै प्रचण्ड र माधव नेपालको ढुलमुले राजनीति कायम रहे कांग्रेस एमालेसँग निर्णायक रुपमा सत्ता गठबन्धन गर्ने निष्कर्षमा पुगेको छ । मंगलबार बेलूकी बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ‘वान टू वान’ निर्णायक वार्ता भएको थियो ।

    सोही वार्ताले गठबन्धनबाट प्रचण्ड र माधव नेपाललाई निकालेर एमालेका लागि सरकारको ढोका खुला राख्ने सहमति भएको बालुवाटार स्रोत बताउँछ । तर बाहिर एमालेले एमसीसी पारित गर्नका लागि सभामुखलाई कारबाही गर्नुपर्ने, माधव नेपालको पार्टीमा गएका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राखेको छ ।

    एमसीसी पारित गर्ने सहमति नगरे मन्त्री बर्खास्तीमा पर्ने
    तर भित्री रुपमा केन्द्रमा देउवा सरकारलाई सघाउने र प्रदेशमा एमालेको नेतृत्वमा सरकार बनाउने विषयमा तीव्र छलफल भइरहेको बताइएको छ । केही दिनभित्रै प्रचण्ड र माधव नेपालले गठबन्धन जोगाउने प्रयासस्वरुप देउवासँग एमसीसी पारित गर्ने विषयमा ठोस सहमति नगरे उनीहरुका मन्त्री बर्खास्तीमा पर्नेछन् ।

    एमालेले चाहेको खण्डमा तत्काल माओवादी र नेकपा समाजवादीका मन्त्रीलाई बर्खास्त गर्न पनि देउवा तयार देखिएका छन् । तर सत्ता गठबन्धनभित्रै र प्रतिपक्षी एमालेसँग देउवा गहन रुपमा छलफलका साथै लिखित सहमति नै खोजिरहेका छन् । खासगरी एमसीसी पारित गर्ने विषयमा जसले पहिले लिखित सहमति दियो, उसैसँग सत्ता सहयात्रा गर्ने देउवा अन्तिम निष्कर्षमा पुगेका छन् ।

    एमसीसीका विषयमा सत्ता सहयात्री भएर पनि दोहोरो चरित्र देखाएपछि देउवा प्रचण्डसँग क्रुद्ध बनेका छन् । एमालेसँग छुट्टिएर फेरि एमालेकै शैली देखाएका माधव नेपालसँग पनि देउवा बिच्किएका छन् ।

    प्रचण्ड र माधव नेपाललाई निकाल्ने तयारी
    एमसीसीलाई वर्षौदेखि गिजोलेको, बाहिर राष्ट्रवादको नारा देखाएर अमेरिकासँगको सम्बन्धलाई नै धरापमा पार्ने काम गरेपछि देउवाले प्रचण्ड र माधव नेपाललाई गठबन्धनबाट निकाल्ने तयारी गरेका छन् ।

    एमसीसीका विषयमा एमालेसँग गठबन्धन गर्नेबित्तिकै प्रचण्ड र माधव नेपाल स्वतः बाहिरिनेछन् । अहिले प्रचण्ड र माधव नेपालको ठाउँमा ओली आउनेछन् । त्यसरी आगामी चुनावसम्म पनि कांग्रेस र एमाले मिलेर देशभर पकड जमाउने र माओवादीलाई इतिहासकै गम्भीर अस्तित्व संकटमा पार्ने रणनीति छ ।

    अहिले पनि माओवादीको अवस्था देशैभर नाजुक छ । संगठन अस्तव्यस्त छ । नेता कार्यकर्ताहरु कांग्रेस र एमालेतिर लागेका छन् । प्रचण्ड आफुबाहेक अरुलाई शक्ति दिनै नचाहने प्रवृत्तिले माओवादी आगामी चुनावबाट पत्तासाफ हुने अवस्थामा पुगेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ