• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    प्रचण्ड-माधवलाई चक्मा दिदै देउवा र ओलीबीच भयो यस्ता २ बुँदे भद्र सहमति

    1.6K
    SHARES


    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दुई बुँदे भद्र सहमति भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने विषयमा दुई नेताबीच भद्र सहमति भएको हो ।

    प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीबीच ‘ भद्र सहमति भएको हो । सहमतिमा ओलीले एमसीसी पास गर्न सघाउने र त्यसको बदलामा देउवाले ओलीको माग पुरागरी दिने सहमति भएको छ ।

    मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सुरुमा नै एमसीसी परियोजना एमालेकै सरकारको पालामा संसद्मा दर्ता भएको योजना भएकाले सो परियोजनालाई सरकारले टुंगोमा पुयाउन अघि बढेको भन्दै सघाउन आग्रह गरेका थिए ।

    प्रधानमन्त्री देउवाको सो आग्रहपछि एमाले अध्यक्ष ओलीले आफ्नो दलले विगतदेखि नै केही राजनीतिक मुद्दाको माग राखेर संसद्मा अवरोध जारी राखेकाले ती माग पूरा गर्नेतर्फ सरकारले सहज वातावरण बनाए एमसीसीमा सघाउने बताएको स्रोतको दाबी छ । उच्च स्रोतका अनुसार एमसीसीमा एमालेले सघाउने विषयमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्षबीच ‘जेन्टल एग्रिमेन्ट’ नै भएको छ ।

    ‘उहाँहरूका आफ्ना माग छन्, ती मागका विषयमा भेटवार्ताका क्रममा एमालेकातर्फबाट सरकारलाई ध्यानाकर्षण गराइएको छ, एमसीसीमा प्रधानमन्त्रीज्यूले सघाउन गरेको प्रस्तावमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीबीच जेन्टल एग्रिमेन्ट भएको छ,’ भेटवार्तामा सहभागी एक नेताले भने, ‘फेरि बुधबार छलफल हुन्छ ।’

    भेटवार्ताामा एमाले नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल र विष्णु रिमाल सहभागी थिए । सरकारको तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।

    नेकपा एमालेले आफूले कारवाही गरेको १४ जना सांसदलाई बर्खास्त गर्न पर्ने माग राख्दै संसद अबरुद्ध गरिरहेको छ । सभामुख अग्नीप्रसाद सापकोटाले कारवाहीको सूचना टाँख गर्न ढिला गरेर पार्टी फुटाउन सहयोग गरेको एमालेको आरोप छ ।

    एमालेले कि १४ सांसदलाई कारवाहीको सूचना टाँस गर्न पर्ने कि सभामुखले राजीनामा दिन पर्ने माग राखेको छ । सभामुखले कारवाहीका लागि सिफारिस भएको १३ दिनमा सूचना निकालेर कारवाहीको अर्थ नभएको बताएका थिए ।

    सभामुखले कारवाहीको पत्र दर्ता भएको १५ दिनभित्र सूचना टाँस गर्न पर्ने कानुनी प्रावधान छ । त्यतिबेलासम्म माधवकुमार नेपाल लगायत २३ सांसदहरुले नयाँ पार्टी दर्ता गरिसकेका थिए ।समयमै कारवाही सूचना टाँसेको भए एमाले फुटबाट जोगिने एमालेको विश्वास थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ