• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालमा एमसीसी तनाव बढिरहेका बेला नेपालीहरुले रुसी राष्ट्रपतिलाई लेखे यस्तो पत्र, केछ पत्रमा ?

    1.9K
    SHARES


    काठमाडौँ । नेपाली मानवअधिकारकर्मीहरुले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न विशेष आग्रह गरेका छन् ।

    मानव अधिकार तथा शान्ति समाजले बुधबार नेपालस्थित रुसी राजदूतावास अगाडि प्रदर्शन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र समेत पठाएका छन् ।

    प्रदर्शन पश्चात मानव अधिकार तथा शान्ति समाजले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र राजदूतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

    युद्धले लाखौ करोडौं मानिसहरुको अधिकारमाथि घात गर्ने हुँदा कुनै पनि हालतमा युद्ध हुनु हुँदैन र शान्तिपूर्ण तवरमा हरेक समस्याको समाधान खोजिनुपर्छ भन्ने शान्ति समाजको मान्यता रहेको उल्लेख गर्दै रुसी राष्ट्रपति पुटिनलाई लेखिएको पत्रमा भर्खरै मात्र युक्रेन सन्दर्भमा रुसले गरेको निर्णयबाट समाजमा आवद्ध दशौँ हजार सदस्य तथा शुभचिन्तकहरु अत्यन्त चिन्तित भएको उल्लेख गरिएको छ ।

    पत्रमा रुसलाई तत्काल सेना फिर्तासहित युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्नका लागि आग्रह गरिएको छ । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकारहरु होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल,महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेणुका पौडेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, सचिव बन्दना सिंह, अपिल समिति संयोजक बलबहादुर गाहा मगर र सदस्य ईश्वरा लिङदेन सहभागी थिए ।

    यस्तै केन्द्रीय सदस्यहरु चन्द्रमणि बञ्जारा र किरण ढकाल, पूर्व केन्द्रीय सदस्य दुर्गा राना, काठमाडौं शाखाका कार्यबाहक सभापति भगवान पुडासैनी, ललितपुर शाखा सभापति संजोग चाम्लिङ राई, चितवन शाखा सभापति शम्भु राउत, काठमाडौं शाखा पूर्व सभापति ईश्वर पुडासैनी, काठमाण्डौ शाखा सहसचिव रमेश बराल, आजीवन सदस्यहरु तुलसीराम भण्डारी, दिवाकर पुडासैनी, आरसी भण्डारी, विकास थापा लगायत चार दर्जन शान्तिवादीहरुको सहभागिता थियो ।

    यसैबीच परराष्ट्र मन्त्रालयले युक्रेन भ्रमण स्थगित गरेको छ । मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न अनुरोध गरेको छ ।

    त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गर्दै अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडानको उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको छ ।

    हाल युक्रेनमा ३८ नेपाली रहेको जानकारी आएको नेपाली राजदूतावास बर्लिनलाई उद्धृत गर्दै मन्त्रालयले जनाएको छ । उनीहरू सबै सकुशल रहेको पनि मन्त्रालयले जनाएको छ ।

    युक्रेनमा रहेका नेपाली नागरिकहरूले आवश्यक परेमा नेपाली राजदूतावास बर्लिनलाई सम्पर्क गर्न सक्ने पनि मन्त्रालयले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ