• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बल्ल फुर्यो प्रधानमन्त्री देउवाको बुद्धि

    1.5K
    SHARES


    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको कारण चौतर्फी दवावमा परेका प्रधानमन्त्री शेरबहादुर देउवाको बल्ल बुद्धि फिरेको छ । प्रतिपक्षीलाई साथमा लिएर एमसीसी पास गर्ने रणनीति बनाएका देउवाले ओलीलाई झुक्याएपछि देउवाको बुद्धि फिरेको हो ।

    प्रतिपक्षलाई साथमा लिन नसकिने निश्कर्ष निकालेर देउवा प्रचण्डलाई भेट्न खुमल्टार पुगेका छन् । सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री देउवा खुमलटार पुगेका हुन् ।

    हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका प्रधानमन्त्री देउवा आज बिहानै प्रचण्डलाई भेट्न प्रचण्डनिवास पुगेका हुन् । संसदमा टेबल भएको एमसीसी पारित गर्नका लागि प्रधानमन्त्री देउवाले दौडधुप बढाएका छन् ।

    देउवा र ओलीबीच हिजो भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ । हिजोको भेटमा देउवालाई ओलीलाई एमसीसीमा सघाउन आग्रह गरेका थिए ।

    जवाफमा ओलीले पहिले आफूहरुको माग पूरा गर्न भनेका थिए । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।

    मंगलबार बेलुका प्रधानमन्त्री देउवाले ओलीलाई बोलाएर बालुवाटारमा छलफल गरेका थिए । छलफलका क्रममा ओलीले दुई वटा सर्त राखेका थिए ।

    यता माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ ।

    भोलि बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसीलाई पारित गर्ने गृहकार्यमा सरकार जुटिरहेको बेला कांग्रेस नेतासमेत रहेका मन्त्री खाँण प्रचण्डलाई भेट्न खुमलटार गएका थिए ।

    भेटमा एमससीसी परियोजना लगायतका विषयमा छलफल भएको मन्त्री खाँण निकट स्रोतले बतायो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पास गर्ने प्रयासमा हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

    ‘सायद त्यही छलफलबारे प्रचण्डलाई जानकारी गराउन प्रधानमन्त्रीले गृहमन्त्रीलाई पठाएको हुनुपर्छ,’ स्रोतले भन्यो ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी जस्ताको तस्तै संसदबाट पारित नहुने बताउँदै आएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ