• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रचण्ड र गृहमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

    501
    SHARES


    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ ।

    भोलि बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसीलाई पारित गर्ने गृहकार्यमा सरकार जुटिरहेको बेला कांग्रेस नेतासमेत रहेका मन्त्री खाँण प्रचण्डलाई भेट्न खुमलटार गएका थिए ।

    भेटमा एमससीसी परियोजना लगायतका विषयमा छलफल भएको मन्त्री खाँण निकट स्रोतले बतायो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पास गर्ने प्रयासमा हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

    ‘सायद त्यही छलफलबारे प्रचण्डलाई जानकारी गराउन प्रधानमन्त्रीले गृहमन्त्रीलाई पठाएको हुनुपर्छ,’ स्रोतले भन्यो ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी जस्ताको तस्तै संसदबाट पारित नहुने बताउँदै आएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ