• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    यस्तो रहेछ प्रचण्डले एमसीसी टेबल गर्न दिनुको भित्री रहस्य

    2.5K
    SHARES


    काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अन्तिम समयमा आएर अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल गर्न तयार भए ।  उनी एमसीसी टेबल गर्न तयार भएपछि सभामुखले पनि संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई एमाले अबरोधका विच टेबल गर्न समय दिए ।

    प्रचण्डले लामो समयदेखि रोकेर राखेको एमसीसी सम्झौता संसदमा टेबल गर्न तयार हुनको मुख्य कारण केपी ओली फेरी प्रधानमन्त्री बन्ने भएले काम गरेका खुलेको छ ।

    गत शुक्रबार देउवा, प्रचण्ड र नेपालबीच भएको छुट्टै संवादमा एमसीसी अनुमोदनको प्रस्ताव संसदमा प्रस्तुत गर्ने सहमति जुट्यो, तर त्यसलाई नेताहरुले सार्वजनिक गरेनन् । ‘एमसीसी पारित हुनु र गठबन्धन टुट्नुमध्ये कुन चाहिं मुलुकका लागि घातक हुन्छ भनेर कांग्रेसबाहेक पनि हामीले छलफल गर्‍यौं ।

    यदि हामीले एमसीसी टेबल हुन पनि दिएनौं भने देउवाजी ओलीसँग मिल्ने निश्चित थियो,’ सत्ता गठबन्धनका एक शीर्ष नेताले भने, ‘त्यसैले एमसीसी टेबल हुन दिउँ, त्यसपछि विपक्षमा मतदान गर्ने कि प्रक्रियामा सहभागी नहुने भन्ने विषयमा फेरि छलफल गरौँला भन्ने भयो ।’

    ती नेताका अनुसार ओली र देउवा मिल्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव उल्टिन सक्थ्यो, पदीय आचारणअनुकुल काम नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने प्रयास सुरु हुन्थ्यो ।

    सभामुख फेरिएपछि एकीकृत समाजवादीका १४ सांसदको पद जान सक्थ्यो । यी सबै परिस्थितिले सबभन्दा धेरै घाटा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई नै हुने आकलनसहित उनीहरु एमसीसी संसदमा टेबल गर्न सहमत भएका हुन् ।

    ‘गठबन्धनमा नरहने र कांग्रेसको साथ नपाउने हो भने हाम्रो हालत के होला भन्ने प्रश्नले हामीलाई गम्भीर बनायो,’ एकीकृत समाजवादीका एक नेताले भने, ‘ओली फेरि शक्तिमा फर्किएर ट्रयाकमा आउन लागेको मुलुकको राजनीतिलाई झन डामाडोल पार्लान् भन्ने कुराले हामी झन गम्भीर भयौं ।’

    जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले पनि एमसीसी अनुमोदनसम्बन्धी सम्झौता संसदमा टेबल गर्ने मात्रै अहिलेसम्मको सहमति रहेको बताए । ‘आइतबारसम्मको सहमति एमसीसी टेबल गर्ने हो त्यो भयो,’ अध्यक्ष यादवले भने, ‘यसपछि के हुन्छ, हेर्दै जाऔं न ।’

    आइतबार साँझसम्म माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्ने बताइरहेको छ, एकीकृत नेकपा समाजवादीले अब के गर्ने भन्ने धारणा सार्वजनिक गरिसकेको छैन ।

    त्यही सहमतिको स्पिरिटमा पार्टीभित्र निर्णय गराउन एकीकृत नेकपा समाजवादीका अध्यक्ष नेपालले समय मागेका थिए । त्यही आशयको निर्णय शनिबार बसेको स्थायी कमिटी बैठकले पनि गरेको थियो ।

    कम्युनिस्ट पार्टीका नेताहरुको दोहोरो रणनीति र चीन तथा अमेरिकाको अस्वभाविक चासोले अत्यधिक गिजोलेपछि बल्ल दलहरुले छिनोफानो गर्न एमसीसी सम्झौता सार्वभौम संसदमा पेश गरेका छन् ।

    यो सहमतिले धरमर रहेको सत्ता गठबन्धनको भविश्य जोगिने लगभग निश्चित भएपनि एमसीसीसी के हुन्छ भन्ने अलमल संभवतः संसदले फागुन १६ आसपासमा टुंगो लगाउने छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ