• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ

    1K
    SHARES


    काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राती उनीहरूलाई पक्राउ गरेको हो ।

    चिनियाँ नागरिक पक्राउ परेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले भने–‘उनीहरूबारे अनुसन्धान गर्दै छौँ ।’

    चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ । चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।

    यस्तै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । विमान स्थल कार्यालयका अनुसार चेकजाँचका क्रममा ७७ लाख १९ हजार ६ सय बराबरको ९३६ ग्राम सुन भन्सार छली अवैध रुपमा ल्याउँदै गरेका बंगलादेशका मोहमद टोफीकूई उल्लाहलाई पक्राउ गरिएको हो ।

    उनलाई भन्सार छली सुन ल्याउन लगाउने भारतीय नागरिक पारस नाथ शाहलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस्तै उता उदयपुरमा तीन बालिका बला’त्कृत भएका घटना सार्वजनिक भएका छन् ।

    बलात्कारमा परेका तीन बालिकामध्ये दुई जना गर्भवती भइसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आरोपित तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

    बला’त्कारमा परेकामध्ये दुई बालिकाको स्वास्थ्य परिक्षण गर्दा गर्भवती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको होन । तीन वटै बालिका आफन्तबाट बलात्कारमा परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार झडकेली छोरीलाई सौतेनी बुवाबाट, काकाबाट भतिजिनीलाई र भेनाले सालीलाई ब’लात्कार गरेका हुन् ।

    उदयपुरको बेलका नगरपालिकामा सौतेनी बाउबाट १४ वर्षीया झडकेली छोरीलाई बलात्कार गरेको उदयपुरगढी गाउँपालिकामा १६ वर्षीया बालिकालाई भेनाबाट र त्रियुगा नगरपालिकामा ११ वर्षीया बालिकालाई काकाबाट बला’त्कार भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    एक बालिका चार महिना र अर्को बालिका सात महिनाको गर्भवती रहेको स्वास्थ्य परिक्षणबाट खुल्न आएको छ । चालु आर्थिक वर्ष भित्र २१ बलात्कारका घटना जिल्ला प्रहरी कार्यालय उदयपुरमा दर्ता भएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ