• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति विशेष

    एमसीसी टेबल भएपछि विप्लव आक्रोशित, विज्ञप्ति निकालेर दिए यस्तो चेतावनी

    2.7K
    SHARES


    काठमाडौँ । देउवा सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसद्‍मा टेबल गरेपछि नेकपाका महासचिव विप्लव आक्रोशित बनेका छन् ।

    राजनीतिक पार्टी र देशभक्त नागरिकको व्यापक विरोध हुँदाहुँदै पनि पाँचदलीय गठबन्धन सरकारले संसद्‌मा एमसीसी टेबुल गरेको र आन्दोलनकारी शक्तिमाथि क्रूर दमन गरेको घटनाको घोर विरोध र भत्र्सना गर्दै विप्लव आक्रोशित बनेका हुन् ।

    महासचिव विप्लवले एमसीसी खारेज नभएसम्म विशेष रूपले सचेत बन्न र राष्ट्रिय स्वाधीनताको सङ्घर्षमा जोडदार रूपले सहभागी हुन समेत  विशेष आग्रह गरेका छन् ।

    एक विज्ञप्ति जारी गर्दै विप्लवले भनेका छन्, ‘गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस पार्टीको निर्णयअनुसार संसद्‌मा राष्ट्रघाती सम्झौता एमसीसी पेस गरेका छन् । अत्यधिक राजनीतिक पार्टी, देशभक्त शक्ति एवम् नागरिकहरू, बुद्धिजीवी, युवा र विद्यार्थीहरूको कडा आपत्ति, विरोध र सङ्घर्षका बाबजुद राष्ट्रघाती सम्झौता पास गर्नका लागि संसद्‌मा पेस गर्ने घातक कार्यको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।’

    विप्लवले  देशको सार्वभौमिकता एवम् स्वाधीनताप्रति सचेत एवम् समर्पित साह्रा नागरिकहरूले उक्त राष्ट्रघाती एवम् दलालीगिरी कार्यको विरोध गर्दा आज बानेश्वर क्षेत्रमा जसरी फासिस्ट प्रकारले रबरका गोली, अश्रुग्याँस, पानीको फोहोरा र लाठीचार्ज गरेर क्रूर दमन गरिएको भन्दै  कडा रूपले विरोध गरेका हुन् ।

    जारी गरिएको विज्ञप्तिमा भनिएको छ- ‘राष्ट्रिय स्वाधीनताको सङ्घर्षमा निर्भीकतापूर्वक होमिने सबै नागरिकप्रति धन्यवाद एवम् आभार व्यक्त गर्दछौँ । साथै प्रतिरोध सङ्घर्ष गर्दा दमनमा परी घाइते हुनुभएका सबै जागरुक नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’

    विप्लवले जारी गरेको विज्ञप्तिमा अगाडी भनिएको छ- ‘पार्टीका नेतृत्वमा रहेको अकर्मण्यता, दोहोरो चरित्र एवम् अवसरवादप्रति पार्टीका नेता–कार्यकर्ता सचेत नहुुने हो भने सरकार र कुर्सीस्वार्थकै लागि पास गर्ने अवस्थासम्म पुग्नसक्ने खतरा देखिएको छ । त्यसो गरियो भने देशलाई अकल्पनीय क्षति पुर्याउनेछ नै, पार्टीहरूको अवस्था पनि के हुन्छ भन्न सकिनेछैन । तसर्थ यो गम्भीर अवस्थामा देशका सबै कम्युनिस्ट, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, वामपन्थी शक्ति एवम् नागरिकहरू एमसीसी खारेज नभएसम्म विशेष रूपले सचेत एवम् जागरुक बन्न र राष्ट्रिय स्वाधीनताको सङ्घर्षमा जोडदार रूपले सहभागी बन्न विशेष आग्रह गर्दछौँ ।’

    सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसद्‍मा टेबल गरेसँगै झन् शसक्त रुपमा त्यसको चौतर्फी विरोध सुरु भएको छ । नेताहरुबीच एमसीसी संसदमा टेबल गर्ने सहमति भएको खबर आएलगत्तै संसद भवन आसपास तथा बानेश्वरको सडकमा आन्दोलनले उग्र रुप् लिएको थियो । त्यसक्रममा  आन्दोलनकर्ता र प्रहरीबीच झडप भएको थियो भने स्थिति तनावग्रस्त बनेको थियो । साँझ ५ बजेतिर प्रदर्शनकारी घट्दै गएपछि भने तनाव क्रमशः मत्थर भएको छ र सडक खुलेको थियो । यस्तो छ नेकपा महासचिव विप्लवले जारी गरेको विज्ञप्ति-

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ