• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    फोटो-फिचर

    एमसीसी टेबुल भएलगत्तै क्षणभरमै यसरि रणमैदान बन्यो बानेश्वर, २७ तस्विरमा हेर्नुहोस

    2.8K
    SHARES


    काठमाडौँ । देउवा सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसद्‍मा टेबल गरेसँगै झन् शसक्त रुपमा त्यसको चौतर्फी विरोध सुरु भएको छ ।

    एमसीसीलाई राजनीतिक रस्साकस्सीबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाको आइतबारको बैठकमा टेबल गरेका हुन् ।

    नेताहरुबीच एमसीसी संसदमा टेबल गर्ने सहमति भएको खबर आएलगत्तै बानेश्वरको सडक झन तात्यो र त्यसपछि आन्दोलनले उग्र रुप लिन सुरु गर्यो । प्रदर्शनकारीले सडक छाडेनन् ।  उल्टै प्रहरीतर्फ ढंगामुढा गरे । त्यसक्रममा प्रहरीले रबरको गोली समेत चलाएको थियो ।

    प्रहरीले हानेको रबरको गोली र लाठीले दर्जनौ आन्दोलनकारी घाइते भएका छन् । प्रहरी र आन्दोलनकारीबीच कयौं पटक लखेटालखेट समेत भयो ।

    भीड नियन्त्रण बाहिर जान थालेपछि अश्रुग्यास हान्नु परेको प्रहरीले जिकिर गरेको छ । अश्रुग्यास, लाठी, पानीको फोहोरा, रबरको गोली हान्दा पनि आन्दोलनकारीहरु रोकिएन । बरु उनीहरु प्रहरीले हानेको अश्रुग्यास जोखिम मोलेर उनीहरुतर्फ फालिदिन्थे ।

    उनीहरुले प्रहरीलाई दुबैतिर बाट च्यापेर बानेश्वर चौकमै सीमित बनाएका थिए । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच ढुङ्गा हानाहान भयो । उनीहरुले एकअर्कालाई हानेको ढुंगा सडकमा मात्र थिएन, आसपासको घरहरुसम्म पुगेको छ ।

    थप मद्दत मगाएर प्रहरीले प्रदर्शनकारीलाई अश्रुग्यास र लाठी हानेर केहीबेर तितरबितर बनायो । त्यही बेला संसद भवनमा रहेका सांसदहरु आफ्नो घर–कोठातिर लागेका थिए।

    त्यसपछि समेत प्रदर्शन साम्य भएन । प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयासमा प्रहरीले बानेश्वरबाट लखेटेर बिजुलीबजारसम्म भने त्यसपछि दर्शनकारीले उल्टै प्रहरीलाई संसद भवनसम्म लखेटे ।

    प्रहरीले फुटफातमा हिँडिरहेका सर्वसाधारणलाई समेत लाठी हानेर लखेटेको देखिन्थ्यो । त्यति मात्रै हैन पत्रकारहरुलाई समेत प्रहरीले निसाना बनाएको दृश्य समेत त्यहाँ देखियो । आज नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले ३० राउन्ड रबरको गोली हानेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।

    त्यस्तै प्रहरीले ११५ सेल अश्रुग्यास पनि प्रहार गरिएको उनले बताए। सशस्त्र प्रहरीको एउटासहित तीन वटा वाटर क्याननको प्रयोग गरिएको थियो। साँझ ५ बजेतिर प्रदर्शनकारी घट्दै गएपछि भने तनाव क्रमशः मत्थर भएको छ र सडक खुलेको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ