• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    बानेश्वरमा एमसीसी बिरुद्ध प्रदर्शनमा उत्रिकाहरुमाथि प्रहरीद्वारा गोली प्रहार, थुप्रै घाइते

    1.5K
    SHARES


    काठमाडौँ । आइतबार संसदमा एमसीसी टेबुल भएपछि अहिले काठमाडौँसहित देशभर आन्दोलन चर्किएको छ । काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीले प्रदर्शनकर्ताबीच निरन्तर तनाव जारी छ ।

    बानेश्वरमा एमसीसी बिरुद्ध प्रदर्शनमा उत्रिकाहरुमाथि प्रहरीले गोली प्रहार गरेको छ । बिजुली बजारमा दुई पक्षीय झडपमा प्रहरीले रबरको गोली प्रहार गरेको हो । अहिले बिजुली बजार क्षेत्र तनावग्रस्त छ । प्रदर्शनकारीतर्फ थुप्रै घाइते भएको बताइए पनि एकिन विवरण अहिलेसम्म प्राप्त भएको छैन् ।

    एमसीसी सम्झौता संसदमा टेबल गर्ने दलहरुको निर्णयको विरोधमा प्रदर्शनकारीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन केन्द्रित गरेका थिए । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको थियो ।

    यस्तै माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छन् । प्रहरीसँगको झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएकी हुन् ।

    क्रान्तिकारीका नेताहरु केशव रावल, समीर लुईँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादव लगायत एक दर्जनभन्दा बढी अरु नेता तथा कार्यकर्ता समेत घाइते भएका छन् ।

    उनीहरुको एभरेस्ट अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । एमसीसीको विरोधमा अखिल क्रान्तिकारीले आइतबार बानेश्वरमा प्रदर्शन गरेको हो।

    यता प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै उनले अब पारित हुने लज्जास्पद प्रतिक्रिया दिएका हुन् ।

    प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले उनलाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘अब पास हुन्छ ।’ जनताले एमसीसी अस्विकार गर्न माग गर्दै आन्दोलन गरिरहेका बेला उनको यो प्रतिक्रियाले सबै नेपालीलाई आक्रोशित पारेको छ ।

    नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सम्झौता संघीय संसद् सचिवालय, प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएको १ हजार ६८२ दिनपछि आइतबार बैठकमा प्रस्तुत भएको हो ।

    एमसीसीलाई राजनीतिक रस्साकस्सीबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाको आइतबारको बैठकमा टेबल गरेका हुन् । कार्कीले नै २०७४ भाद्र २९ गते अर्थमन्त्रीका रूपमा नेपालको तर्फबाट सम्झौतमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौतालाई केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री युवराज खतिवडाले अनुमोदनका लागि संसद्‌मा पठाएका थिए ।

    प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएको एमसीसी सम्झौतालाई सरकारको तर्फबाट मन्त्री कार्कीले संसद्को बैठकमा प्रस्तुत गरेका हुन् । दर्ता भएको सन्धि वा सम्झौतालाई सम्बन्धित मन्त्रीले प्रस्तुत गर्नुपर्ने प्रतिनिधिसभा नियमावली, २०७५ को व्यवस्थाअनुसार उनले प्रतिनिधिसभा बैठकमा टेबुल गरेका हुन् ।

    एमसिसीको विरोध गर्ने भए भीम रावलले पहिले ‘राष्ट्रघाती केपी ओली मुर्दावाद’ भन्नुपर्छ: गगन थापा
    नेपाली कांग्रेसका महामन्त्री तथा सासंद गगन थापाले एमसिसीको विरोध गर्ने हो भने सुरूमा केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालविरूद्ध नाराबाजी गर्नुपर्ने बताएका छन्।

    उनले एमसिसीलाई तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकारले संसदमा ल्याएको भन्दै तीनै नेताहरूविरूद्ध नाराबाजी गर्नुपर्ने बताएका हुन्।

    ‘आज नेपाल सरकारले जुन प्रस्ताव टेबल गरेको छ। यो नेकपाको सरकार मन्त्रिपरिषद्ले पारित गरेको प्रस्ताव आज टेबल भएको हो। यो प्रस्ताव राष्ट्रघाती भन्ने हो भने सबैभन्दा पहिला भीम रावलले केपी शर्मा ओली राष्ट्रघाती र मुर्दावाद हो भनेर संसदभित्र नारा लगाउने हिम्मत गर्नुपर्छ,’ उनले अगाडि भने,‘ यो प्रस्ताव राष्ट्रघाती हो भनेर भन्ने हो भने, पुष्पकमल दाहाल र माधव नेपाल मुर्दावाद भनेर पार्टीकै सासंदहरूले नाराबाजी गर्नुपर्छ। त्यसपछि मात्रै उहाँहरूले यसका बारेमा कुरा राख्नुपर्छ।’

    आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल भएर छलफलका लागि प्रस्तुत हुनु सकारात्मक भएको उनले बताए। अवरोधका बीचमा छलफल हुन्छ वा हुँदैन भन्ने विषय पनि आजबाट सकिएको उनले बताए।

    ‘आजबाट अवरोधकै बीचमा संसदमा छलफल हुन्छ कि हुन्न भन्ने डर पनि यही टुंगिएको छ। हामीलाई एउटै कुराको डर थियो। छलफलमा नेकपा एमालेले भाग लिनुभयो। मजदुर किसान पार्टीले, जनमोर्चाले, माओवादी पार्टी सबैले भाग लिइसकेपछि १२ गतेबाट यसमा सामान्य छलफल प्रारम्भ हुन्छ,’ उनले भने।

    एकीकृत समाजवादीका सम्मानित नेता रहेका सांसद झलनाथ खनालले आजको दिन लज्जाको विषय भएको बताए। उनले महाशक्तिसँग झुकेर करार सम्झौतालाई संसदमा पेस गरिएको बताए। मन्त्री कार्कीले एमसिसी सम्झौता टेबल गर्दा खनालले नाराबाजी गरेका थिए।

    ‘एमसीसी सम्झौता संसदमा जबरजस्ती ढंगले ल्याइएको छ। यसलाई संसदमा ल्याउनुले नेपाल फसेको छ। नेपाल ट्रयापमा परेको छ। भोलिका दिनमा अझ समस्या थपिने निश्चित छ’, खनालले भने।

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एमसिसीमा आफूहरूको समर्थन नरहेको बताए। उनले सरकार जेसुकै भए पनि आफूहरूले एमसिसीलाई समर्थन गर्न नसक्ने बताए।

    एकीकृत समाजवादीबाट मन्त्री बनेकी सांसद रामकुमारी झाँक्रीले भने पार्टीको स्थायी कमिटी बैठकको निर्णयअनुसार नै एमसिसी संसदमा टेबल गर्न सहमति दिइएको बताइन्। उनले अब यो संसदको विषय भएकाले सांसदहरूले निर्णय गर्ने तर्क गरिन्।

    नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले एमसिसीको विरोध गर्ने हो भने सुरूमा केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालविरूद्ध नाराबाजी गर्नुपर्ने बताए।

    उनले एमसिसीलाई तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकारले संसदमा ल्याएको भन्दै तीनै नेताहरूविरूद्ध नाराबाजी गर्नुपर्ने बताएका हुन्।

    ‘आज नेपाल सरकारले जुन प्रस्ताव टेबल गरेको छ। यो नेकपाको सरकार मन्त्रिपरिषद्ले पारित गरेको प्रस्ताव आज टेबल भएको हो। यो प्रस्ताव राष्ट्रघाती भन्ने हो भने सबैभन्दा पहिला भीम रावलले केपी शर्मा ओली राष्ट्रघाती र मुर्दावाद हो भनेर संसदभित्र नारा लगाउने हिम्मत गर्नुपर्छ,’ उनले अगाडि भने,‘ यो प्रस्ताव राष्ट्रघाती हो भनेर भन्ने हो भने, पुष्पकमल दाहाल र माधव नेपाल मुर्दावाद भनेर पार्टीकै सासंदहरूले नाराबाजी गर्नुपर्छ। त्यसपछि मात्रै उहाँहरूले यसका बारेमा कुरा राख्नुपर्छ।’

    प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद भीम रावल एमसिसी संसदमा टेबल हुनु गैरकानुनी भएको बताए। ‘यो गैरकानुनी र नेपाली जनताको आवाजलाई कुल्चने दुष्प्रयास हो। यसको निन्दा गर्नुपर्छ। नेपाली जनताले यसको आवाज उठाउनु पर्छ,’ सांसद रावलले भने।

    कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले एमसिसी संसदमा पेस भएसँगै सडकको बहस संसदमा पुगेको बताए। ‘यो सकारात्मक कुरा हो। अब जनताको सार्वभौम निकाय संसदले यसमा छलफल गरेर यथार्थ कुरा जनताला बताउनु पर्छ,’ मन्त्री बडुले भने।

    संसदीय प्रक्रियाअनुसार अब फागुन १२ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्तावबारे छलफल सुरू हुने उनले बताए। ‘तपाईंहरूले देख्नुभयो आज पनि केही सांसदहरूले आफ्ना धारणाहरू राख्नुभएको छ। अब १२ देखि यसमा थप छलफल हुन्छ,’ मन्त्री बडुले भने।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ