• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    संसदमा एमसिसी टेबल गर्नेबारे सत्ता गठबन्धनले गर्यो यस्तो निर्णय

    1.1K
    SHARES


    काठमाडौँ । सत्ता गठबन्धनको बैठकले संसदमा एमसिसी टेबल गर्ने निर्णय गरेको छ। बालुवाटारमा आइतबार बिहान बसेको बैठकले एमसिसी टेबल गर्ने निर्णय गरेसँगै बैठक सकिएको छ। अबको केहीबेरमा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्नेछ। उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ।

    तर एमसीसी टेबल भएपनि माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायतले पास गर्न भने नसघाउने सघौअने बताइएको छ । तर यो सबै बाहिरको आक्रोश शान्त पार्नका लागि मात्रै नेताहरुले नाटक गरिरहेको बिश्लेषकहरुको बुझाई छ ।

    यात स्रोतका अनुसार आज एमसीसी टेबल गर्ने कार्यसूची बनेको अवस्थामा पनि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत नगर्ने भएका छन् । उनको स्वास्थ्यमा समस्या देखिएकाले घरमै आरामरत रहेको बताइएको छ ।

    स्वास्थ्यमा समस्या देखिएकै कारण उनी आज अर्थ मन्त्रालय समेत गएका छैनन् । अर्थमन्त्रीको अस्वस्थताका कारण अर्कै मन्त्रीले एमसीसी टेबल गर्ने स्रोतले बतायो ।

    यसैबीच माओवादी केन्द्र तत्काल सरकारबाट पनि नबाहिरिने भएको छ । एमसीसी टेबल भएपछि प्रक्रिया पुरा गरेर भोटिङमा जान समय लाग्न भएकाले त्यतिबेलासम्म माओवादी सरकारमै रहनेछ ।

    बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र सञ्चार तथा सूचना प्रविधि एवं सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की बैठकमा सहभगी भएका थिए। लामो वादविवादपछि अन्तत: गठबन्धनले संसदमा एमसिसी टेबल गर्ने निर्णय गरेको हो।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ