काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।
यसअघि माओवादी प्रचण्डले एमसीसी संसदमा टेबुल गर्न असहमति राख्दै आएकोमा यसपटक भने उनी पनि सहमत भएका छन् । अर्थात् प्रचण्डले जनतालाई धाेका दिएका छन् ।
गठबन्धनको बैठकमा निर्णयपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर एमसीसीबारेको कार्यसूची तय गर्ने बताइएको छ । तर एमसीसी टेबल भएपनि माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायतले पास गर्न भने नसघाउने सघौअने बताइएको छ । तर यो सबै बाहिरको आक्रोश शान्त पार्नका लागि मात्रै नेताहरुले नाटक गरिरहेको बिश्लेषकहरुको बुझाई छ ।
यात स्रोतका अनुसार आज एमसीसी टेबल गर्ने कार्यसूची बनेको अवस्थामा पनि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत नगर्ने भएका छन् । उनको स्वास्थ्यमा समस्या देखिएकाले घरमै आरामरत रहेको बताइएको छ ।
स्वास्थ्यमा समस्या देखिएकै कारण उनी आज अर्थ मन्त्रालय समेत गएका छैनन् । अर्थमन्त्रीको अस्वस्थताका कारण अर्कै मन्त्रीले एमसीसी टेबल गर्ने स्रोतले बतायो ।
यसैबीच माओवादी केन्द्र तत्काल सरकारबाट पनि नबाहिरिने भएको छ । एमसीसी टेबल भएपछि प्रक्रिया पुरा गरेर भोटिङमा जान समय लाग्न भएकाले त्यतिबेलासम्म माओवादी सरकारमै रहनेछ ।
प्रतिक्रिया