• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    रामकुमारी झाँक्रीले बोल्दिन भन्दा भन्दै चिप्लियो बोल्नै नहुने शब्द

    1.6K
    SHARES


    काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी सचिव तथा सहरी विकास मन्त्री रामकुमारी झाँक्री फेरी विवादमा मुछिएकी छन् । आफ्नो अभिव्यक्तिका कारण बारम्बार आलोचित बन्दै आएकी झाँक्री फेरी विवादिन बनेकी हुन् ।

    अमेरिकी सहयोग परियोजना एमसीसीको पक्ष लिएपछि उनको चर्को विरोध भएको छ । बाहिरमात्र होइन् उनकै पार्टी भित्र पनि उनको चर्को आलोचना भएको छ ।

    एमसीसीलाई राष्ट्रघाति भन्दै नेकपा एसका कार्यकर्ताले सडक तताएका बेला मन्त्री झाँक्रीले भने एमसीसीमा आफ्नो धारणा प्रधानमन्त्री शेरबहादुर देउवाको जस्तै भएको बताएकी छिन् । एमसीसी पास गराउँन दिलोज्यानले लागेका प्रधानमन्त्री देउवाको जस्तै मत मेरो पनि हो भनेर झाक्रीले भने पछि जनआक्रोस बढेको छ ।

    झाक्रीले मन्त्रिपरिषद्‌मा रहँदासम्म प्रधानमन्त्रीको धारणा नै आफ्नो पनि हुने बताएकी छन् । शुक्रबार संसद् बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री झाक्रीले आफू मन्त्रिपरिषद्को सदस्य रहँदासम्म एमसीसीलगायत अन्य विषयमा प्रधानमन्त्रीको भन्दा फरक धारणा राख्न उपयुक्त नहुने बताएकी हुन्।

    ‘म मन्त्रिपरिषद्को सदस्य भएको कारणले अहिले मैले प्रधानमन्त्रीले राखेको धारणाभन्दा फरक भएर धारणा राख्न उपयुक्त पनि हुँदैन’, उनले भनिन् ‘जतिबेलासम्म म यो मन्त्रिपरिषद्को सदस्य हुन्छु मेरो यही धारणा हो।’

    झाक्रीले आफ्नो पार्टीको धारणा भने भोलिको बैठकपछि आउने बताइन्। उनले नेपालको आन्तरिक राजनीतिमा अनावश्यक ढंगले किचलो हाल्न एमसीसी ल्याइएको भन्दै राष्ट्रको हित र सरकारको विश्वसनीयताका लागि त्यस्ता विषयबाट सचेत रहनुपर्ने बताइन् ।

    ‘नेपालमा अनावश्यक ढंगले किचलो हाल्न एमसीसी ल्याइएको हो’, उनले भनिन् ‘यो चाहेर वा नचाहेर बनेको गठबन्धन हो। यस्ता इस्यूहरूमा पहिलादेखिका सरकारले गरेको दायित्व छ।’

    यता नेपाली काग्रेसका महामन्त्री गगन थापाले गठबन्धन धरापमा परेको खुलासा गरेका हुन् । एमसीसी पारित गराउँन प्रचण्ड र माधव कुमार नेपालहरुले साथ नदिए गठबन्धन कायम राख्न कुनै जरुरी नभएको भन्दै थापाले अब वार की पार गरिनु पर्ने पनि बताएका छन् ।

    प्रचण्ड र माधव नेपालहरुले काग्रेसलाई खेलाउँन खोजेको भन्दै महामन्त्री थापाले अब कुनै पनि कुराका पछि लागेर एमसीसीमा चुप बस्न नसकिने बताएका छन् । संसद वैठक पछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै थापाले अब एस अर नो मा जानु पर्ने बताएका छन् ।

    ‘हाम्राबीचमा कुरा मिलेर, हामी सँगै हिड्न तयार भएर गठबन्धन बनेको हो । अब हाम्रो कुरा मिल्दैन, सँगै हिड्न सक्दैनौ भने गठबन्धन पनि रहँदैन’, थापाले भने ।

    विगतमा प्रधानमन्त्री छँदा माधवकुमार नेपाल, झलनाथ खनाल, डा। बाबुराम भट्टराई, पुष्पकमल दाहालदेखि केपी ओलीसम्मले एमसीसी अगाडि बढाएको भन्दै महामन्त्री थापाले अब एमसीसीबारे ‘वार कि पार’ हुनुपर्ने बताए । सत्तारुढ गठबन्धनका केही दलले कांग्रेससँग छलछामपूर्ण व्यवहार गरेको थापाको आरोप छ ।

    ‘एमसीसीको विषयमा कांग्रेससँग सफा व्यवहार भएन । एमसीसीको भारी कांग्रेसलाई बोकाउने प्रयास गठबन्धनभित्रै भएको छ । एमसीसी संसदमा टेबलसम्म गर्न नदिने हो भने सहकार्यको औचित्य सकिन्छ । हामीलाई छलछाम गरौंला भन्ने कुरा गठबन्धनको पार्टी वा प्रतिपक्षले पनि नसोचे हुन्छ । अब एमसीसीको मुद्दाको छिनोफानो नगरी कांग्रेस बस्दैन’, थापाले भने ।

    ‘एमसीसी संसदमा टेबल गरौं । बुँदा बुँदामा छलफल गरौं । दुधको दुध पानीको पानी हुनेगरी बहस गरौं । एमालेले संसद रोक्नुको अर्को कारण छ । उसले पनि एमसीसीका सन्दर्भमा आफ्नो धारणा देओस् । जे गर्ने हो संसदबाटै गरौं’, थापाले भने ।

    पत्रकारहरुको जिज्ञासामा महामन्त्री थापाले गठबन्धनको विकल्प खोज्नेगरी प्रयत्न नभएपनि एमसीसीका नाममा लामो समय अलमल गर्ने अवस्थामा कांग्रेस नरहेको बताए ।

    ‘हामी विकल्पको कुरा गरिरहेका छैनौं । अहिलेकै गठबन्धन सरकारले संसदमा एमसीसी लानुपर्छ । त्यसमा दलहरुले आफ्नो स्ट्याण्ड देखाउनुपर्छ । पास फेल जे भएपनि निष्कर्ष दिनुपर्छ भन्ने कांग्रेसको बुझाई हो ।

    यदि एजेण्डामा सँगै रहेनौ भने सरकारमा सँगै रहन्नौ भन्ने त सबैले बुझ्ने विषय भयो’, थापाले भने । उनले संसद सुचारु गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षीसँग पनि छलफल थालेको भन्दै फागुन ८ गतेको गठबन्धन बैठकसम्म निष्कर्ष निस्कने विश्वास गरे ।

    ‘गठबन्धनका दलहरुले समय मागेकोले फेरी ८ गतेसम्म लम्बिएको छ । अब ८ गतेसम्म चै निकास दिनेगरी छलफल गर्छौ’, थापाले भने ।उनले संसदसँग एमसीसी पारित गर्ने, फेल गर्ने वा खारेज गर्ने अधिकार रहेको भन्दै संसदबाट निकास दिन सबै दल तयार हुनुपर्ने बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ