• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    थप ३५० जनामा कोरोना संक्रमण पुष्टि

    1.5K
    SHARES


    काठमाडौँ । देशभर थप ३५० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार ९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८ तथा एन्टिजेन विधिबाट १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    यही अवधिमा थप १ हजार २७२ जना निको पनि भएका छन् । नेपाल कूल सङ्क्रमित मध्ये ९ लाख ५० हजार ५६ जना सङ्क्रमणमुक्त भएका छन् ।

    नेपालमा निको हुने दर ९७.४ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३५७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाले ज्यान पनि गुमाएका छन् ।

    नेपालमा हालसम्म ११ हजार ९१७ जनाले ज्यान गुमाइसकेका छन् । यता, थप ७ लाख ६९ हजार ५७६ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ