• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    तोलामा २५ सयले बढ्यो सुनको मूल्य

    876
    SHARES


    काठमाडौँ । यो साता सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य तोलामा २५ सय बढेको बताएको हो ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ थियो । यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो । यो साता पहिलो कारोबार दिन आइतबारदेखि नै सुनको मूल्य बढ्न थालेको थियो ।

    आइतबार तोलामा १५ सय रुपैयाँले बढेर ९५ हजार ५०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार स्थिर थियो । यस्तै, मंगलबार तोलामा १२ सय रुपैयाँले बढेको थियो ।

    बुधबार तोलामा १६ सयले घटेको थियो भने बिहीबार फेरी १००० रुपैयाँले उकालो लागेको थियो । यस्तै, शुक्रबार ४०० ले बढ्दै प्रतितोला ९६ हजार ५०० रुपैयाँ कायम भएको हो ।

    यस्तै, यो साता चाँदीको मूल्य पनि बढेको छ । गत साताको शुक्रबारको तुलनामा प्रतितोला २५ रुपैयाँले चाँदीको भाउ उकालो लागेको हो । गत सातको शुक्रबार प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी यो साताको शुक्रबार १३ सय ५ रुपैयाँ कायम छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ