• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    फिलिपिन्सलाई नेपालले दियो २१९ विशाल रनको लक्ष्य

    626
    SHARES


    काठमाडौँ । नेपालले ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्स विरुद्ध २१९ रनको विशाल लक्ष्य दिएको छ ।

    ओपनर कुशलले अविजित १०४ रन बनाएपछि नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१८ रन बनाएको हो । कुशलले ६१ बल खेल्दै १३ चौका १ छक्का प्रहार गरे । यस्तै दीपेन्द्र सिंह ऐरीले ४७ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ८३ रन बनाए ।

    शतकपछि कुशल भुर्तेलले नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा ५० भन्दा माथिको स्कोर पाँचपटक बनाउने पूर्वकप्तान पारस खड्काको कीर्तिमान बराबरी गरेका छन् ।

    कुशलले यसअघि चार अर्धशतक प्रहार गरिसकेका छन् । सन् २०२१ मा नेपालमै भएको त्रिकोणात्मक टी-२० सिरिजबाट डेब्यु गरेका कुशलले ८ खेल खेल्दा नै यो उपलब्धि हासिल गरेका हुन् ।

    कुशल टी-२० आईमा नेपालबाट शतक प्रहार गर्ने तेस्रो खेलाडीसमेत बने । यसअघि पारस र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् । पूर्व कप्तान पारसले पनि एक शतक र चार अर्धशतक प्रहार गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ