• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    मलाई यकिन छ, रुसले हमलाको योजना बनाइसकेको छ- बाइडन

    1.1K
    SHARES


    काठमाडौँ । मेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमला गर्ने निर्णय गरेको आफूलाई यकिन भएको बताएका छन् । बाइडेनले कुनै पनि दिन यो हमला हुन सक्ने आशंका जताएका हुन् ।

    आफूले अमेरिकी खुफिया सूचनाका आधारमा यो मूल्याङ्कन गरेको बाइडनले दाबी गरेका हुन् । यद्यपि, रुसले हमलाको तयारी नगरेको बताउँदै आएको छ ।

    पश्चिमी राष्ट्रलाईलाई डर छ कि रुस युक्रेनको पूर्वी क्षेत्रमा फर्जी सङ्कट खडा गर्न चाहन्छ जसले हमलाका लागि बहाना मिलोस् । अमेरिकाको अनुमान छ कि युक्रेनको सीमामा १ लाख ७० हजारदेखि १ लाख ९० हजार रुसी सैनिक तैनाथ छन् । यसमा पूर्वी युक्रेनमा स्वघोषित रिपब्लिक डोनेस्क र लुहस्कका रुस समर्थित लडाकु पनि सामेल छन् ।

    ह्वाइट हाउसबाट एक टेलिभिजन सम्बोधनमा अमेरिकी राष्ट्रपति ले भने, ‘आगामी हप्ता वा दिनमा रुसी सैनिकको युक्रेनमा हमला गर्ने योजना छ ।

    यसलाई लिएर म आश्वस्त छु ।’ यद्यपि, अझै पनि रुसले कूटनीतिक बाटो पनि रोज्न सक्ने बताउँदै उनले तनाव कम गर्न वार्ताको टेबलमा आउन ढिला नभएको उनले जिकिर पनि गरे ।

    शुक्रबार युक्रेनका दुई अलगाववादी क्षेत्रका नेताहरूले त्यहाँका नागरिकलाई अन्य क्षेत्रमा लैजाने घोषणा गरेका थिए । युक्रेनले गोलाबारी सुरु गरेको र हमलाको योजना बनाएको उनीहरूको आरोप थियो ।

    यद्यपि, युक्रेनले यसलाई अस्वीकार गर्दै आइरहेको छ । यसलाई उनीहरूले रुसको फर्जी रिपोर्टको संज्ञा दिएका छन् । रुसले सन् २०१४ देखि पूर्वी युक्रेनमा एक सशस्त्र विद्रोहलाई समर्थन गर्दै आइरहेको छ । त्यहाँ कम्तिमा १४ हजारले ज्यान गुमाइसकेका छन् । बीबीसी

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ