• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    एमसीसी बिरुद्ध आन्दोनम उत्रिका नेपालीहरुलाई अमेरिकाले दियो यस्तो धम्की, चौतर्फी बिरोध सुरु

    2K
    SHARES


    काठमाडौँ । देउवा सरकारले संसद एमसीसी टेबुल गरेर पास गराउन खोजेपछि अहिले देशभर एमसीसी बिरुद्धको आन्दोलन चर्किन थालेको छ । शुक्रबार पनि काठमाडौँसहित देशभर एमसीसीको बिरुद्धमा बिरोध प्रदर्शन भएको छ ।

    यता नेपाली जनताले एमसीसीको विरोध गरिरहँदा शुक्रबार काठमाडौँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत् हिंसा स्वीकार्य नहुने भन्दै प्रदर्शनकारीलाई धम्की दिएको छ । यो धम्कीको चौतर्फी बिरोध भइरहेकाे छ ।

    ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौँ । एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो,’ अमेरिकी दूतावासले फेसबुकमा लेखेको छ, ‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ । तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।’

    यसअघि एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा नेपालका सत्तारूढ दलहरूबीच मतभेद बढिरहेका बेला गत माघ २७ गते अमेरिकी सहायत विदेशमन्त्री डोनाल्ड लुले नेपालका ठूला तीन दलका तीन शीर्ष नेतालाई फोन गरेर धम्काएका थिए ।

    लुले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका थिए ।

    फोनमा तीनै जना नेतासँग अमेरिकी विदेशमन्त्री लुले धम्काउदै स्पष्ट भनेका थिए, ‘एमसीसी अनुमोदन गर्ने तपाईँहरूको कुरा हो । तपाईँहरूले दिएको समय सीमाभित्र अनुमोदन हुनेमा हामी विश्वस्त छौँ । हामी अब एमसीसीको समय थप गर्ने पक्षमा छैनौँ । यदि एमसीसी अनुमोदन भएन भने हामी नेपालसँगको सम्बन्ध पुनर्विचार गर्नेसम्म पुग्न सक्छौँ र चीनको दबाबका कारण यो अनुमोदन हुन सकेन भनेर बुझ्ने छौँ ।’

    अमेरिकी विदेशमन्त्रीको ठाडो चेतावनीपछि नेपालको राजनीतिक वृत्तमा हल्लिखल्ली मच्चियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो चेतावनीले नेपाल र अमेरिकाबीचको सम्बन्ध बिग्रने र यसले अमेरिकाको समेत हित नगर्ने भनेर प्रतिक्रिया जनाए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ