• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    एमसीसीबारे प्रचण्ड, नेपाल, खनाल र उपेन्द्र सहभागी खुमलटार बैठकले गर्यो यस्तो निर्णय, देउवालाई आपत

    1.3K
    SHARES


    काठमाडौँ । सत्ता गठबन्धनका एमसीसी विरोधी तीन दलका नेताहरुको छलफल सकिएको छ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा माओवादीका नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

    छलफलमा आजै बालुवाटारमा बस्ने सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा एमसीसीबारे समान धारणा कसरी बनाउने ? भन्नेबारेमा छलफल भएको सहभागी एक नेताले बताए ।

    ‘एमसीसीलाई कसरी निकास दिने र समान धारणा बनाउने भन्नेबारेमा छलफल भएको हो’, खुमलटारमा सहभागी एक नेताले भने, ‘हाम्रो पूर्ववत अडान परिवर्तन भएको छैन ।’

    बिहीबार बेलुका बालुवाटारमा भएको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी जसरी पनि टेबल गर्नुपर्ने बताएपछि गठबन्धनमा खटपट पैदा भएको थियो । लगत्तै देउवा एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट पुगेका थिए ।

    यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार राति भएको भेटघाटपछि राजनीति अघि बढेको कांग्रेसका एक नेताले दाबी गरेका छन्। ‘दुबै नेताबीच अहिलेको राजनीति र एमसिसीलाई निकास दिन लगभग सहमत हुनुभएको छ,’ ती नेताले भने।

    प्रधानमन्त्री देउवा संसदबाट यसपालि आफ्नै सरकारले चार वर्षअघि अमेरिकासँग गरेको एमसिसी सम्झौता अघि बढाउनेमा दृढ देखिएका छन्। त्यसका लागि उनले भरसक गठबन्धनभित्रै सहमति गराउन लामो समयसम्म प्रयत्न गरे। उनको नेतृत्वमा गठबन्धन सरकार बन्ने बेलामै एमसिसी सम्झौताको विषय न्यूनतम साझा कार्यक्रममा राख्ने पक्षमा उनी थिए।

    गठबन्धन सहयात्री दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नराखौं पछि सहमति गरेर एमसिसी पास गर्ने हो भनेपछि देउवा सहमत भएका थिए।

    ‘पछिल्लो ६ महिनामा एमसिसीको पक्षमा प्रचण्डलाई सहमत गराउन प्रधानमन्त्री देउवाले धेरै प्रयत्न गर्नुभयो। हिजोसम्मको प्रत्यन्नले त्यो सफल हुने नदेखिएपछि उहाँ अघि बढ्नु भएको हो,’ उनले भने।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ