• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized समाचार

    एमसीसीबारे अन्तिम निर्णय गर्न बसेको सत्ता गठबन्धनको बैठक सकियो

    720
    SHARES


    काठमाडौँ। सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकमा दुई घण्टा एमसीसीका विषयमा छलफल हो । एमसीसीबारे निर्णायक छलफलका रुपमा हेरिएको बैठकको निर्णय आउन बाँकी छ ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू बैठकमा सहभागी थिए ।

    यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको सहभागिता थियो ।

    जनता समाजवादी पार्टीबाट भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन्। आजको बैठकमा सत्ता घटक राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने छैन ।

    बैठकमा बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, पूर्णबहादुर खड्का, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई सहभागी थिए।

    यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादव भने सहभागी थिएनन्। उनी राजधानीबाहिर भएकाले उपस्थित हुन नसकेको बताइएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ