• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रचण्डले सरकार छोड्ने धम्की दिएपछि देउवा-ओली दोस्ती, नयाँ समीकरणको तयारी

    1K
    SHARES


    काठमाडौँ। नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । विहीबार बिहान ९ बजे रिजाल ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

    एमसीसीका विषयमा सत्ता गठबन्धनमा खटपट भइरहेको बेला रिजाल ओलीलाई भेट्न बालकोट पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीका प्रेस संयोजक रामशरण बजगाइँका अनुसार उनीहरु बिची करिब एक घण्टा कुराकानी भएको थियो ।

    उनले भने, ‘एमसीसीको विषयमा कुराकानी भएको हो । तर उहाँहरुकै बीचमा कुरा छिनिएको छैन । त्यसैले उहाँहरुको कुरा छिनिएरपछि बल्ल एमालेले धारणा बनाउछ भन्नेर अध्यक्ष ज्यूले भन्नु भएको छ ।’

    माओवादीले यथास्थितिमा जबरजस्ती एसमीसी टेबल गरिए सरकार छोड्ने धम्की दिएपछि काँग्रेसले एमालेसँग सम्वाद बढाएको छ । आज पाँच बजे सत्तारुढ पाँच दलको बैठक बस्नुअघि रिजालले ओलीलाई भेटेका हुन् ।

    काँग्रेस नेता रिजालसँगै महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि एमाले नेताहरुसँग निरन्तर संवादमा रहेको बुझिएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ