• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    थप ५७० जनामा कोरोना संक्रमण पुष्टि

    1.1K
    SHARES


    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७८९ नमुना परीक्षण गरिएको थियो ।

    ७ हजार २८ जनानाको पीसीआर परीक्षण गर्दा ३६४ र दुई हजार ७६१ जनाको एन्टीजेन परीक्षण गर्दा २०६ गरी ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १६ हजार ६१६ संक्रिय संक्रमित छन् । जसमध्‍ये १७ हजार ५८० संक्रिय संक्रमित होम आइसोलेसनमा छन्।

    यस्तै ६७१ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १५६ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १२ हजार ५३७ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९०५ पुगेको छ भने ९ लाख ४४ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ