• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

    1.6K
    SHARES


    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि राजदूत र्यान्डी बेरी बीच भेटवार्ता भएको छ । अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको विषयले अमेरिकासँगकाे सम्बन्धदेखि सत्ता गठबन्धनमा समेत खटपट आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ ।

    बुधबार साँझ प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानी भएको हो । देउवालाई भेट्न राजदूत बेरी करिब ६ बजे बालुवाटार पुगेका थिए ।

    बालुवाटार स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले राजदूतसँग सत्तागठबन्धनमा आएको दरारदेखि यसका कारण निम्तिएको सडक प्रदर्शन र सहमति खोज्न दुई दिनको समय लिएको विषयमा कुरा गरेका थिए ।

    अमेरिकाले अब एमसीसीको समय बढाउन नसकिने गरी समयसीमा दिएकाले त्याे समयसीमामा पुनर्विचारको गुन्जायस छ कि छैन भन्ने विषयमा पनि देउवाले राजदूतसँग जिज्ञासा राखेको बालुवाटार स्रोतले जनाएको छ ।

    राजदूत बेरीसँगको भेटपछि बिहीबार बिहानै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच यो विषयमा बालुवाटारमा कुराकानी भएको छ ।

    अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्‌बाट अनुमोदन गराउने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद छ ।

    सरकारले प्रतिनिधिसभाको बैठकमा टेबल गर्ने प्रस्ताव गरेपछि त्यसको विरोधमा सत्ताघटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता नै सडकमा उत्रिएका थिए ।

    सत्तारुढ दलबाटै विरोध भएपछि प्रधानमन्त्री देउवा पछि हटेका थिए । त्यहीबीच प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल भएको थियो ।

    एमसीसी सम्झौता संसद्‌मा टेबल गर्ने विषयमै सहमति खोज्न गठबन्धनको बैठक पनि बिहीबार बस्दैछ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बिहान दाहालसँग छलफलपछि प्रधानमन्त्री देउवाले साँझ ५ बजेका लागि सारेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ