• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    जनता सडकमा उत्रेका बेला कसले निकाल्यो एमसीसीको पक्षमा जुलुस ? को हो नाइके ?

    2.4K
    SHARES


    काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज प्रदर्शन भइरहेको छ। एमसीसीको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा लगायत ५ दलले नेपाल बन्दको आह्वाननै गरेका छन।

    सरकारमै रहेको नेकपा माओवादी केन्द्रका भातृ संगठनहरु पनि सडकमा आएका छन।यसैबीच, एमसीसीको चौतर्फी विरोध भइरहँदा एउटा समूह भने एमसीसीको समर्थनमा सडकमा आएको छ।

    एमसीसीको समर्थनमा ‘स्वतन्त्र नागरिक समाज’ले आज मोटरसाइकलर्यालीसहित प्रदर्शन गरेको छ। स्वतन्त्र नागरिक समाज’ नामक अभियानले बुधबार अनामनगरमा मोटरसाइकलसहित समर्थनमा प्रदर्शन गरेको हो।

    उनीहरुले एमसीसी राजनीतिसँग जोडेर नहेर्न आग्रह गरेका छन्। यता अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएका १३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले ई बताए । पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डसहित विभिन्न प्रहरी कार्यालयमा राखिएको छ ।

    सरकारले संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । प्रदर्शनकारीहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    ‘निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि पक्राउ गरिएको हो’ एसएसपी गिरीले भने, ‘९ जना प्रहरी कर्मचारी घाइते छन्, प्रदर्शनकारीतर्फ एक जना सामान्य घाइते छन् ।’

    बिहान ११ बजेदेखि सुरु भएको एमसीसी विरुद्धको प्रदर्शनका कारण अशान्त रहेको बानेश्वर क्षेत्र साढे ४ घण्टापछि शान्त भएको छ । संसदमा एमसीसी टेबल गर्ने तयारी भएपछि विप्लवसहितका ६ दल र माओवादीका भ्रातृ संगठनले प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ