• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    श्रमजिवी पत्रकार संघद्वारा एमसीसी खारेजीको माग, पत्रकारहरुलाई एमसीसी विरुद्ध लेख्‍न आह्वान

    1K
    SHARES


    काठमाडौं । श्रमजिवी पत्रकार संघ नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देशको हितमा नभएको भन्दै खारेजी गर्नुपर्ने बताएको छ । संघका अध्यक्ष जन्मदेव जैसी र महासचिव धनञ्‍जय बुढाले बुधबार एक विज्ञप्ति जारी गरेर जनस्तरबाट व्यापक विरोध भइरहँदा सरकारले संसदमा टेबुल गर्नु दुःखद भएको बताएको छ ।

    विज्ञप्तिमा एमसीसी पक्षधरहरुले राष्ट्रहितमा भएको भन्दै भ्रम आरोप लगाएको भन्दै अमेरिकाले कुनै पनि बुँदा परिवर्तन गर्न नसिकने बताएको र अमेरिकाले इण्डो प्यासिफि रणनीति अन्तरगत भएको भन्दै आउनेले देशहितमा नभएको पुष्टि भएको बताइएको छ । सहयोग कार्यक्रमको नाममा अमेरिकी स्वार्थ लुकेको छर्लङ भएको संघले बताएको छ ।

    ”एमसीसीका पक्षधरहरुले जतिसुकै राष्ट्रिय हितमा र विरोधीहरुले भ्रम फैलाएको भन्ने आरोप लगाए पनि एमसीसी सम्झौतामा भएका नेपाल हित विपरितका केही बुँदाहरु, बारम्बार अमेरिकी सरकारले एमसीसीका कुनै पनि बुँदा परिवर्तन गर्न नसकिने र इण्डोप्यासिफीक रणनीति अन्तरगतको कार्यक्रम भएको भन्दै आउनुले यो परियोजना राष्ट्रहित विपरित नै भएको पुन:पुष्टि भएकाे छ। सँगसँगै विदेशमन्त्री लुको धम्कीले सहयोगका नाममा अमेरीकी स्वार्थपूर्तिको हतारो छर्लङ्गै भयाे” विज्ञप्तिमा भनिएको छ ।

    त्यसैगरी विज्ञप्तिमा सम्पूर्ण श्रमजीवी–राष्ट्रवादी पत्रकारहरुलाई देशको सार्वभौमिकता र बृहत्तर राष्ट्रिय हितविरोधी एमसीसी खारेजीको लागि संघकाे अभियानलाई साथ दिन हार्दिक अनुराेध समेत गरेको छ ।

    साथै, यसका विरुद्ध कलमजीवीहरुले लेख्न,बोल्न र जनतालाई यसबारे प्रष्ट पार्न विशेष आग्रह गर्दै आम जनता एमसीसी देशको हितविपरित भएकोले त्यो बाहेकका विषयको भ्रममा नपर्न अपिल समेत विज्ञप्तिमा गरिएको छ । यस्तो छ विज्ञप्ति-

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ