• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एमसीसी अघि नबढाउने माओवादीको निर्णय

    0.9K
    SHARES


    काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ ।

    बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निष्कर्ष पनि निकालेको छ ।

    बैठकपछि माओवादी प्रमुख सचेतक देव गुरुङले सदन सुचारु गर्न बैठकले जोड दिएको र विपक्षीको अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निर्णय भएको बताए ।

    यस्तै प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुने आशंका गरिएको छ। प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

    सो बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि प्रस्ताव पेस हुने भएपछि सभामुख सापकोटा अनुपस्थित हुने सत्तारुढ नेपाली कांग्रेसले आशंका गरेको हो।

    माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने अडान राखेपछि माओवादीका पूर्वनेतासमेत रहेका सापकोटा बैठकमा उपस्थित नहुने आशंका गरिएको छ।

    माओवादीका नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मा पनि एमसीसी अनुमोदन प्रस्ताव पेस गरिने प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी नहुने प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन्।

    अर्थमन्त्री शर्मा बैठकमा सहभागी नहुने भएपछि अब सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने भएका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ