• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    फोटो-फिचर विशेष

    एमसीसी सम्झौता बिरुद्धको नेपाल बन्दमा सुर्खेत ठप्प

    2.1K
    SHARES


    काठमाडौँ । विवादास्पद अमेरिकी ओअरियोजना एमसीसीको बिरुद्धमा विप्लव नेतृत्वको नेकपासहित ५ कम्युनिष्ट पार्टीहरुले आयोजना गरेको नेपाल बन्दको प्रभाव सुर्खेतमा ब्यापक परेको छ ।

    बिहानैदेखि सुर्खेतमा यातायातका सवारी साधनहरु चलेका छैनन भने बजार पनि ठप्प रहेको छ। देउवा सरकारले आज संसदमा एमसीसी टेबल गर्ने निर्णय गरेपछि ५ पार्टीले नेपाल बन्दको आब्हान गरेका थिए ।

    यी ५ पार्टीले नेपाल बन्दको आयोजना गरेपछि संसदमा रहेका अन्य राजनीतिक दल माओवादी केन्द्र र माधब नेपाल नेतृत्वको समाजवादी पार्टीले समेत बिरोध गर्ने निर्णय गरेको छ । माओवादी केन्द्र र समाजवादी पार्टीका संसदहरुले संसद भित्र तिनका जनवर्गीय संगठनका नेता कार्यकर्ताले सडकमै उत्रेर बिरोध गर्ने जनाइएको छ ।

    माओवादी केन्द्रको संसदीय दलको आकस्मिक बैठक बसेर त्यस प्रकारले बिरोध गर्ने निर्णय गरेको छ भने समाजवादीले पनि अन्तरिक रुपमा सर्कुलर गर्दै आफ्ना सांसदलाइ भित्र र नेता कार्यकर्तालाई सडकमा प्रदर्शन गरेर बिरोध गर्न निर्देशन दिएको छ । तस्विर : गाेपाल शर्मा/युग न्युज

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ